गण्डकीमा टाइफाइडविरुद्ध खोप सुरु

प्रत्येक विद्यालय र वडा कार्यालयमा खोप लगाउने व्यवस्था गरेका छौं। आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं ।...

सम्बन्धित सामग्री

गण्डकीमा जम्मा नौ सय किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप

आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ ।

जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या १ लाख ५० हजारभन्दा धेरै

काठमाडौं। केही दिनअघि मात्रै सुरु भएको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप अभियानबाट नेपालभर १ लाख ५० हजारभन्दा धेरै लाभान्वित भएका छन्। हालसम्म देशभरका दुई प्रदेश बागमती र गण्डकीमा १ लाख ५८ हजार ७३५ जनाले यो खोप लगाइसकेका छन्। जसमध्ये बागमती प्रदेशमा १ लाख ३८ हजार ६३१ जना छन् भने गण्डकी प्रदेशमा २० हजार १०५ जनाले खोप लगाएका छन्।

गण्डकीमा खोप लगाएका सांसदको फेरि पीसीआर गरिने

पोखरा । सांसदहरुको पीसीआर परीक्षण माग गर्दै सत्तारुढ एमालेले अवरुद्ध गरेको गण्डकी प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । सरकार ढल्ने निश्चित भएपछि यहाँको सत्तारुढ एमालेले कोरोनालाई देखाएर सत्ता लम्ब्याउने अन्तिम कसरतमा लागेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै सर्वसम्मत रुपमा कार्यसूची तय भइसकेपछि पनि सदन सुरु भएपछि...

७७ जिल्लाका २८ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइएको दोस्रो दिन आज २८ हजार बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) साँझ ५ बजेसम्म ७७ जिल्लामा २८ हजार ७३२ जनाले खोप लगाएका हुन् । जसमध्ये प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन् । आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । हिजो पहिलो दिन नौ हजारले खोप लगाएका थिए । सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो ।

नौ हजार ८४ ले लगाए कोरोनाविरुद्धको खोप, यस्तो रह्यो पहिलो दिनको कार्यक्रम

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको पहिलो दिन आज नौ हजार ८४ जनाले खोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउन सुरू गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ ५ बजेसमम ६४ जिल्लाका सो संख्याका व्यक्तिहरुले खोप लगाएका हुन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ सय ५५, प्रदेश नं २ मा ७२६, वागमतीमा २६ सय ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका हुन् । मन्त्रालयले आज ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिएको छ । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाउन सुरु गरेको हो । खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिहरुको सहभागिता उल्लेख्य रहेको भन्दै मन्त्रालयले स्वतस्फूर्त सहभागिताका लागि धन्यवाद समेत दिएको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद समेत दिएको छ । भारतले अनुदानमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो ।

बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ

बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ: RajdhaniDaily.com | पोखरा । देशभर बुधबारदेखि सुरु कोरोना विरुद्धको खोप अभियानअन्तर्गत गण्डकीमा पनि सुरुवात भयो । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान - बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ