आर्थिक वर्ष २०७७/७८ मा हालसम्म १२ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ। महिनामा दुईपटकसम्मले बढेको पेट्रोलियम पदार्थको मूल्य एक वर्षको अवधिमा प्रतिलिटर २४ रुपैयाँसम्म बढेको हाे। हरेक १५ दिनमा मूल्य समायोजन गर्ने आयल निगमले भने आफू अझै घाटामा रहेको बताउने गरेको छ। इन्धनकाे मूल्य अझै केही समय बढ्नेसमेत बताइएकाे छ।