पौराणिक कथनहरू: होली र रंगबारे थरीथरी कथा

हिन्दु समुदायमा होली कहिलेदेखि मनाउन थालियो र रंग कहिलेदेखि खेल्न थालियो त्यसको एकिन छैन् । तथापि होली र रंगबारे भने निकै कथाहरु भेटिन्छन् । साथै परम्परा नै बनेको होली र रंगखेल्ने बारे पनि फरक–फरक तथ्य भेटिन्छ ।जानौं होली र रंगबारे केहि रोचक तथ्य :

प्रह्लाद र होलिकाको कथा:

हिरण्यकश्यपको बहिनी होलिकालाई ब्रह्माजीबाट बरदान स्वरुप एक विशेष बस्त्र प्राप्त भएको थियो । जसलाई ओढ्दा उनलाई आगोले केहि असर गर्दैनथ्यो ।

यहि बरदानको फाईदा उठाउँदै हिरण्यकश्यपले भगवान विष्णुको भक्त र आफ्नै पुत्र प्रल्हादलाई मार्न चाह्यो । यसको लागि होलिकाले दाउराको खालमाथि प्रल्हादलाई लिएर बसि । दाउरामा जब आगो लगाईयो त्यस समय हावाको एक झोंका आएर आगोबाट रक्षा गर्ने उक्त वस्त्र उडाएर प्रल्हादलाई ओडाइदियो । जसको कारण प्रल्हाद जिवित रहे भने होलिका जलेर मरि ।

जब मानिसहरुले यो घटनाको बारेमा जानकारी पाए त्यस समय उनिहरुले गुलाब रंगको साथ निकै उत्सव मनाए । त्यस घटनाको सम्झनामा मानिसहरुले रंग खेल्न थालेका हुन् ।


२. भगवान शिव र कामदेवको कथा

होली मनाउने दोस्रो कारण भगवान शिव र देवी पार्वतीको पहिलो भेट पनि हो । कथाअनुसार तारकासुरको बध गर्नको लागि भगवान शिव र पार्वतीबीच विवाह हुनुपर्दथ्यो । तर भगवान शिव तपस्यामा लिन थिए । यस्तोमा भगवान शिवसँग देवी पार्वतीको मिलन गराउन देवताहरुले कामदेव र रतिका साहारा लिएका थिए ।

कामदेवले भगवान शिवको ध्यान भंग गरिदिए । जसबाट आक्रोशित भएका शिवले कामदेवलाई भष्म गरिदिए । तर यस घटनामा शिवले पहिलो पटक देवी पार्वतीलाई देखेका थिए ।

कामदेवको भष्म हुँदा रति विलापमा परिन् । देवताको अनुरोधमा भगवान शिवले कामदेवलाई बिना शरिर रतिको साथमा रहने आर्शीवाद दिए ।

कामदेवको पुनः शरीर प्राप्ती श्रीकृष्ण भगवानको पुत्र प्रधुम्नको रुपमा भयो । शिव पार्वतीको मिलन र कामदेवको पुनः जीवन मिलेको खुसीमा देवताले आजकै दिन रंगोत्सव गरेका थिए ।


३. पृतना नामक राक्षस्नीको बध गरेको सम्झनामा

पृतना नामक राक्षस्नीलाई कंशले भगवान श्रीकृष्णको बधको लागि पठाएका थिए । पृतनाले श्रीकृष्णका अपहरण गरि आफ्नो विषालु दुधको स्तनपान गराउन लागि । श्रीकृष्णले स्तनपान गर्ने समय पृतनाको प्राण नै लिए ।

मानिसहरुले जब राक्षस्नी पृतनाको शरीरमाथि श्रीकृष्णलाई जीवित भेटाए तब निकै खुसी भए । पृतनाको अन्तिम संस्कार गरियो र रंगोत्सव मनाईयो । यहि घटनाको सम्झनामै गोकुलबासीले रंग खेल्न थालेका हुन् ।


४. ढुंढी नामकी राक्षस्नी लाई धपाएको कथा

होलीको रंग उत्सवको पछाडि एक ढुंढी नामकी राक्षस्नीकाे कहानी पनि भेटिन्छ । यस राक्षसीले राजा पृथुको राज्यमा हाहाकार मच्चाएकी थिइ । भगवान शिवको बरदानको कारण यसको मृत्यु अस्त्र–शस्त्रबाट हुन सक्दैनथ्यो । बरदाको कारण उक्त राक्षसीले मानिसहरुलाई निकै सताउन थाली । उसले मानिसहरुका साना साना बच्चाहरुलाई खाई दिन्थी ।

ढुंढी राक्षसीको आतंक मेटाउन पुरोहितले एउटा घटना बनाए । उनिहरुले फाल्गुनको पूर्णिमाको दिन सबै बच्चाहरुलाई जम्मा गरेर खुब रमाईलो गरेर मोजमस्ती गर्न लगाए । ढूंढी राक्षसी जब त्यहाँ पुगी बच्चाहरुले दाउरा जलाउँदै खुबै स्वर निकालेर रमाईलो गरिरहेका थिए । जसलाई देखेर ढूंढी भागी ।

यस घटनापश्चात मानिसहरुले चैनको श्वास लिए । उनिहरुले रंगको प्रयोग गरेर खुसीयाली साटे । यसै दिनको सम्झानामा कतिपय मानिसहरुले रंग खेल्दै होली मनाउने गर्दछन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।