दोस्रो चरणको कोरोना खोप अभियान फागुन २ गतेदेखि, क–कस्ले पाउने ?

सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि गर्ने भएको छ। सरकारले पहिलो चरणको खोप अभियानअन्तर्गत बुधबारसम्म एक लाख ८७ हजारले खोप लिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि गर्ने भएको छ ।


खोपको प्राथमिकतामा परेका थप वर्ग सञ्चारकर्मी तथा कूटनीतिक नियोगका कर्मचारी को लागि शुक्रबारसम्म खोप दिइनेछ । दोस्रो चरणको खोप लगाउने प्राथमिकतामा निजामती कर्मचारी र उमेर समूह हेरेर प्राथमिकीकरण गरिने मन्त्रालयले जनाएको छ ।


सरकारले पहिलो चरणको खोप अभियानअन्तर्गत बुधबारसम्म एक लाख ८७ हजारले खोप लिएका थिए । पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुरु भएर ११ दिनसम्म चलेको थियो।


सम्बन्धित सामग्री

तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

संसदीय समितिले बालबालिकाहरू कोभिड– १९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

छोटकरी सम्पादक

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिश

सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । चुडाल र सुवेदीलाई न्याय परिषद्ले चैत १ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्ताव गरेको थियो ।

छोटकरी सम्पादक

मृतकको दाहसंस्कार नगरी गाड्ने बाहानामा गरियो अर्का व्यक्तिको हत्या

मृत्युपछि आफ्नो शव जलाउनुको सट्टा गाडिओस् भनेका एक व्यक्तिको इच्छा पूरा गर्ने बाहानामा चीनमा अर्का व्यक्तिको अपहरणपछि हत्या भएको छ। चीनमा शव गाड्ने चलनलाई अत्याधिक रुचाइन्छ।

छोटकरी सम्पादक

ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजनमा कोरोना देखियो

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी हरिद्वारको कुम्भमेलामा सयौँ भक्तजन कोरोना सङ्क्रमित भएको पाइएको छ। पूर्वराजाको दिल्लीमा कोरोनाभाइरस परीक्षण हुनेछ।

छोटकरी सम्पादक

४६ लाखको खानेतेल बोकेको ट्रक ८ दिनपछी बेवारिसे भेटियो

सुनसरीको दुहबीबाट गत चैत २४ गते स्याङ्जाको वालिङका लागि २२ सय कार्टुन खानेतेल बोकेर हिँडेको ट्रक प्रहरीले धनुषाको ढल्केबरमा मंगलबार बेवारिसे अवस्थामा फेला पर्यो । बेवारिसे अवस्थामा फेला पार्दा ट्रकमा केही कार्टुनमा मात्र तेल भेटिएको प्रहरीले जनाएको छ ।

छोटकरी सम्पादक