लाङटाङ क्षेत्रका होटल सञ्चालन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष सुप्पा लामाका अनुसार १९ दिनपछि होटल खोलिएको हो । लाङटाङ पदमार्गमा सञ्चालित सम्पूर्ण होटल सञ्चालनमा आएको छ । लाङटाङ आउने पर्यटकले पिसिआर गरेर आउन उनले आग्रह गरेका छन् ।  

‘हाम्रो क्षेत्रमा अहिलेसम्म कोरोना देखिएको छैन,’ उनले भने, ‘मान्छेको आवतजावत बढेपछि जोखिम बढी हुन्छ ।’ पिसिआर परीक्षण गरेर आएमा सबैजना ढुक्क हुने उनको भनाइ छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि गएको कार्तिक १८ गतेदेखि यस क्षेत्रमा सञ्चालित होटल, लज तथा चियापसल बन्द गरिएको थियो । त्यसअघि लाङटाङ क्षेत्रमा दैनिक ६० जनासम्म स्वदेशी पर्यटक गइरहेका थिए ।  

पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिन लगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आइसकेको गोसाइँकुण्ड गाउँपालिका–४ को वडा कार्यालयले जनाएको छ ।  

असोजदेखि कात्तिक १५ सम्म लाङटाङ जाने नेपाली पर्यटकको संख्यामा वृद्धि हुँदै गएको र होटल बन्द भएपछि सून्यमा झरेको क्यान्जिनका होटल व्यवसायी ग्याल्बु लामाले बताए । ‘यस क्षेत्रका होटल बन्द हुनुअघि दैनिक ६० जनासम्म पर्यटक आइरहेका थिए,’ उनले भने, ‘होटल सञ्चालनमा आएपछि पुनः पर्यटकको आगमन हुने आसा छ ।’ जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् । लाङटाङ पुग्ने पर्यटकमध्ये सीमित पर्यटकले गन्जला पास गर्ने गरेका छन् । केही पर्यटक भने धार्मिकस्थल गोसाइँकुण्ड हुँदै सुन्दरीजलसमेत जान्छन् ।

प्रकाशित: ९ मंसिर २०७७ १०:०५ मंगलबार

लाङटाङ क्षेत्र होटल सञ्चालन

सम्बन्धित सामग्री

लाङटाङका पर्यटकीय होटेल आजदेखि सञ्चालनमा

कोरोना संक्रमित बढेपछि बन्द भएका रसुवाको पर्यटकीय क्षेत्र लाङटाङका सबै होटेल आज (आइतबार) देखि सञ्चालनमा आएका

नयाँ पत्रिका

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल सञ्चालन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आएका हुन्।

नागरिक दैनिक

लाङटाङ पदमार्गका हाेटल भाेलिदेखि सञ्चालनमा आउने

रसुवा – लाङटाङ पदमार्गमा रहेका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको हो ।  रसुवामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका ४ को होटल व्यवसाय समितिको आग्रहमा गएको कात्तिक १८...

उज्यालो अनलाइन

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। जिल्लामा कोरोना संक्रमितको संख्या घटेसँगै त्यहाँ सञ्चालित होटल, लज तथा चियापसल सञ्चालनमा आउन लागेका हुन्।

नागरिक दैनिक

लाङटाङ निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको टेन्डर प्रक्रिया सुरु

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ ।

नागरिक दैनिक

लाङटाङको प्रचारलाई साहित्य

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ ।पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

नागरिक दैनिक

लाङटाङको प्रचारका लागि 'साहित्यिक पदयात्रा'

पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ। पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

नागरिक दैनिक