प्रधानमन्त्रीको स्वागतका लागि फुङ्लिङबाट नेता कार्यकर्ताको टोली घुन्सा पुग्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर ८ गते हुने घुन्सा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको स्वागतका लागि ताप्लेजुङ सदरमुकामसहित सीमा क्षेत्रबाट धमाधम नेता तथा कार्यकर्ताहरु घुन्सा पुग्न थालेका छन्। घुन्सा सदरमुकाम फुङ्लिङबाट करिव ३ दिनको पैदल यात्रा गर्दा पुग्न सकिन्छ।  

प्रधानमन्त्री ओलीको स्वागतका लागि पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, प्रदेशसभाका सांसद तथा जिल्ला पार्टी सचिव बलबहादुर साम्सोहाङ, नेकपाका प्रदेश कमिटी सदस्यद्धय खेलप्रसाद बुढाक्षेत्री र मिङ्माडण्डु शेर्पा, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला सचिवालय सदस्य घनेन्द्र मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वो लगायतको टोली घुन्सा पुगिसकेको छ। पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद टंक आङ्बुहाङ लगायतको टोली घुन्सा जाँदै गरेको छ। फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल र फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लगायतको टोली घुन्सा पुगिसकेको नगरप्रमुख प्याकुरेलले जानकारी दिए।  

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुखको टोली र पत्रकार महासंघ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाकको नेतृत्वमा सञ्चारकर्मीको टोली समेत घुन्सातर्फ प्रस्थान गरिसकेको छ। टोली आइतवार साँझसम्ममा घुन्सा पुग्ने तय भएको पत्रकार महासंघका कार्यवाहक जिल्ला अध्यक्ष पन्दाकले जानकारी दिए। कार्यतालिका अनुसार प्रधानमन्त्री ओली बिहान ७ बजे काठमाडौबाट हेलिकोप्टरमार्फत घुन्सातर्फ आउने छन्।  

सुकेटार विमानस्थलमा समेत ओली सवार जहाज अवतरण गर्ने भनिएपनि त्यसको भने निक्र्यौल छैन। घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन, घुुन्सालीहरुसंगको संक्षिप्त साक्षात्कार र पार्टीका कार्यकर्ताहरुसंग भेटघाट सकेपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरतर्फ लाग्ने कार्यसूची रहेको घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिइन्।

प्रकाशित: ६ मंसिर २०७७ १८:५३ शनिबार

प्रधानमन्त्रीको स्वागत घुन्सा

सम्बन्धित सामग्री

'प्रधानमन्त्रीको स्वागतका लागि आतुर छन् घुन्सावासी'

करिव ६० घर रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित दुर्गम तर सुन्दर पर्यटकीय क्षेत्र हो घुन्सा। यहिँ क्षेत्र हुँदै बिश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आधार शिविर पाङ्पेमा जान सकिन्छ। मानवीय जीवनका प्रमुख आवश्यकता ठानिने शिक्षा र स्वास्थ्यका दृष्टीले भर्खर बामे सर्दै गरेको घुन्सामा सोमवार(८ मंसिरमा) हुने देशका प्रमुख कार्यकारी अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको स्वागतका लागि यतिखेर घुन्सालीमा उत्साह छ।

नागरिक दैनिक

प्रधानमन्त्री ओली घुन्सा आउने मिति फेरि सारियो, अब ८ गते

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने कार्यक्रम मंसिर ८ गतेका लागि तय भएको छ। मंसिर ८ गते सोमबार घुन्सा आउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयमै रहेकी घुन्सा फाउण्डेसनकी अध्यक्ष तथा नेपाल ट्रष्टका सदस्य याङ्जोम शेर्पाले जानकारी दिइन्।

नागरिक दैनिक

प्रधानमन्त्री ओली सिंगापुरबाट स्वदेश फिर्ता :: Pahilopost.com

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट आज स्वदेश फर्केका छन्। स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली आज मध्यान्ह स्वेदश आइपुगेका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेकपाका नेता तथा कर्मचारीहरु पुगेका थिए। ओलीको

पहिलो पोस्ट

प्रधानमन्त्री ओली आज चीन जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको छ दिने औपचारिक भ्रमणका जाँदैछन्। प्रधानमन्त्रीको टोली बिहान ९ बजे हिमालय एयरलाइन्सको विमानबाट चीनको राजधानी बेइजिङ जानेछ। चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङ, उद्यमी, व्यवसायीहरुसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले सोमबार...

थाहा खबर

नेविसं‌घले जलायो प्रधानमन्त्री केपी ओलीको पुत्ला

काठमाडौँ: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।  नेपाल विद्यार्थी संघ पा

अन्नपुर्ण पोस्ट

गगनसँग अाेलीकाे गुनासाेः गरिखालान् भनेकाे, विरोधमात्र गर्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा अाफूबाट भएका गल्ती देखाउन चुनौती दिएका छन्।   राजधानीमा मंगलबार आयोजित युवासंघ नेपालको २८ औँ वार्षिकोत्सवका क्रममा उनले नेपाली कांग्रेसका नेता ...

नेपाल आज