कोरोना भाइरस नेपाल: थपिए १३ सय सङ्क्रमित, १४ सय जना निको

तस्बिरको क्याप्शन,

काठमाण्डू उपत्यकामा दैनिक सयौँ सङ्क्रमित फेला पर्ने गरेका छन्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत २४ घण्टामा १,३१३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७०,००० नाघेको छ।

सो अवधिमा छ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ४५९ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५१,८०० नाघेको छ।

  • खोप परीक्षण गर्न स्वयंसेवकहरूलाई 'जीवित कोरोनाभाइरस'
  • को हुन् पर्साका ‘कोभिड वारियर्स’ र के गर्छन् उनीहरू

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,४५५ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

बिहीवार मन्त्रालयले १,४९७ सङ्क्रमित फेला परेको तथा १७ जनाको मृत्यु भएको जनाएको थियो।

गत शुक्रवार एकै दिन सङ्क्रमण पुष्टि भएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

अहिले देशभरि १८,२८९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ८,२३७ जना संस्थागत आइसोलेशनमा र अरू १०,०५२ जना घरमै बसेको जानकारी मन्त्रालयले दिएको छ।

  • सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्ने सरकारको अनुमान किन मिलेन
  • कोरोनाभाइरस नियन्त्रण गर्न जनस्वास्थ्य सङ्कटकाल उपयुक्त उपाय हो कि हैन

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ।

  • के हो? वास्तवमा के हो कोरोनाभाइरस
  • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
  • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
  • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
  • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
  • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

विगत २४ घण्टामा १२,२६२ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

उनका अनुसार अहिलेसम्म नेपालमा ५१,८६६ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७३.४ प्रतिशत हो।

गम्भीर लक्षण भएका बिरामीमध्ये २२७ जना सघन उपचारमा र ३९ जना भेन्टिलेटरमा छन्। अहिले देशभरि ६,४६४ जना क्वारन्टीनमा छन्।

को हुन् सङ्क्रमित र मृतक?

अहिले फेला परेका सङ्क्रमितमध्ये ४५३ जना महिला र ८६० जना पुरुष छन्।

काठमाण्डूमा ५०३, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जना गरी उपत्यकामा ६४५ जनामा कोभिड-१९ पुष्टि भएको छ।

त्यसैगरी मोरङमा ६९, महोत्तरीमा ५५, सर्लाहीमा ३९, बाँकेमा ३२ र रूपन्देहीमा ६१ जनामा पनि कोरोनाभाइरस भेटियो।

मन्त्रालयले मृतकमध्ये तीन महिला र तीन पुरुष भएको जनाएको छ। उनीहरूको उमेर ५० देखि ७५ वर्षसम्म थियो।

मोरङका दुई तथा सप्तरी, ललितपुर, काठमाण्डू र कपिलवस्तुमा एक-एक जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोनाभाइरस नेपाल: पीसीआर परीक्षण गर्न सास्ती बेहोर्नेहरूका व्यथा