संविधान बमोजिम आवधिक निर्वाचन फागुनमा हुनुपर्छ : गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधान बमोजिम आवधिक निर्वाचन फागुनमा हुनुपर्ने बताए । रातोपाटीसँग गुरुङले राष्ट्रिय सभाको कार्यकाल फागुन २० गतेलाई आधार बनाई कानुन बनाएकाले प्रतिनिधिसभाको अवधि समेत प्रधानमन्त्रीले सपथ गरेको समयलाई आधार बनाउनुपर्ने बताए । ‘संसदको अवधि जुन दिनदेखि सपथ ग्रहण भएको छ त्यति बेलादेखि काउन्ट हुन्छ । राष्ट्रियसभाले फागुन २० गते सपथ ग्रहण गराएको समय बनाएर कानुन बनाई सकेको छ । त्यसै अनुसार राष्ट्रिय सभाको कार्यकाल बनाएको छ’ रातोपाटीसँग गुर

सम्बन्धित सामग्री

संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बतउनुभएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ भन्नुभयो । ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज पुग्नुभएका उहाँले अहिलेको मुख्य चुनौती संविधान र …

संविधान कार्यान्वयन गर्ने संस्था सक्षम भएनन्

संविधान कार्यान्वयन गर्ने जिम्मा लिएका व्यक्तिहरू तथा संस्था सक्षम भएनन्। यस्ता संस्था विश्वसनीय भएनन्। तिनीहरूले विवेकको प्रयोग गर्न सक्ने स्थिति भएन। कतिपय व्यक्तिगत कुराहरू जिम्मेवारीको हिसाबले व्यक्तिगत भन्दा पनि संस्थागत भूमिकामा बनिरहेको हुन्छ। त्यसले आफ्नो विवेकको प्रयोग गर्दा कार्यान्वयनको सवालमा विवेक अधिकांश त प्रयोग नगरेको स्थिति देखिन्छ। विवेकको प्रयोग गर्दा लोभ डर लाभ नभएको हुनुपर्छ। […]

आरक्षण हटाउने कि बचाउने?

नेपालको संविधान २०७२ ले आत्मसात् गरेको एक प्रमुख चरित्र समावेशीकरण हो। राज्यका सबै क्षेत्रमा सम्पूर्ण नागरिकको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यतालाई यसले बलियो गरी अँगालेको छ।...

संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्‍ने र परिवर्तन उल्ट्याउन खोज्‍नेहरूविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपा एमाले नुवाकोटका नेता माधव पाण्डेलगायतलाई माओवादीमा प्रवेश गराउँदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् । उनले देश र विकासको नेतृत्व […]

संविधान पुनर्लेखन अपरिहार्य

देशलाई अविच्छिन्न राख्न राज्य सञ्चालनको प्रणाली ठीक हुनुपर्छ । प्रणालीमै प्रशस्त खोट छन् भने पात्र र प्रवृत्ति परिवर्तन गर्दैमा समृद्धि, स्थायित्व सम्भव छैन । नेपालको संविधान २०७२ जारी भएको दिन कतै...

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताएका छन्।...

साउदी अरबका युवराज भन्छन्- कुरान नै हाम्रो संविधान हो

बीबीसी। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रिय टेलिभिजनमा बोल्दै कुरान नै आफ्नो संविधान भएको बताएका छन्। उनले भने, "मैले पहिला पनि भनेको थिएँ, कुरान नै हाम्रो संविधान हो। कुरान अहिले र सधैंका लागि संविधान हो,।" मानिसको निजी मामिलामा पनि कुरानमा जे उल्लेख छ त्यही लागू हुने उनको भनाइ थियो। हामी "कुरान स्पष्ट ढंगमा पालना गर्न तयार हुनुपर्छ," उनले भने।

सभामुखका वकिलको दाबी- संविधान तोडमोड गर्ने हो भने अर्को जनआन्दोलन हुनुपर्छ

'संविधानमा सार्वभौम सत्ता जनतामा हुन्छ भनेर लेखिएको छ । यदि संविधान तोडमोड गर्ने हो भने अर्को जनआन्दोलन हुनुपर्छ । किनभने यो संविधान पनि एउटा व्यवस्था हटाएर बनाइएको हो,' उनले भने ।

संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।प्रधानमन्त्रीले संविधानमा हुँ