संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बतउनुभएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ भन्नुभयो । ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज पुग्नुभएका उहाँले अहिलेको मुख्य चुनौती संविधान र …