सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन मुलुकको आवश्यकता भएको तर्क गरेका छन् । नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धन गरिएको तर्क गरे ।