कैलालीको राजमार्गमा सीसीटीभी जडान

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा आएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आन्तरिक मामिला […]

सम्बन्धित सामग्री

नवलपुरका तीन स्थानमा सवारी साधन स्क्यानर राखिने

नवलपुर (नवलपरासी पूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो ।  जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षाका लागि तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिए ।   गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एक मात्रै जिल्लाका रूपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैंडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान गर्ने अत्याधुनिक मेसिन राख्न र सीसीटीभी क्यामेरा जडान गर्न तयारी भएको तिवारीले बताए ।   देशकै सबैभन्दा लामो राजमार्ग पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यभागमा पर्ने जिल्लाका तीनओटै स्थानमा राखिने सवारीसाधन स्क्यान मेसिनले सवारीसाधनसहित चालक एवं आवश्यकता अनुसार यात्रुको पनि स्वचालितरूपमा स्क्यानिङ गरी अभिलेख राख्ने उनले बताए ।  स्क्यान मेसिन जडान भएपछि जिल्लाको समग्र सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । राजमार्गमा सवारीसाधन स्क्यान मेसिन राख्नका लागि जिल्ला प्रहरी कार्यालय, नवलपुरले यसअघि नै सरकारलाई आग्रह गरेको उनले जानकारी दिए ।  जिल्ला प्रहरी प्रमुख तिवारीले सरकार र सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरण राखिदिन सहमति जनाएको बताए ।  सवारीसाधन स्क्यान गर्ने मेसिन र सीसीटीभी क्यामेरा जडान गर्न र चेकपोस्ट राख्न झण्डै रु ६ करोड लाग्ने अनुमान गरिएको उनको भनाइ छ ।  राजमार्गमा जडान गर्न लागिएको स्क्यान मेसिनसहित चेकपोष्ट र सीसीटीभी क्यामेरा जडानको सबै खर्च एशियाली विकास बैंक (एडीबी)ले व्यहोर्ने सहमति भएको तिवारीले जानकारी दिए ।  नारायणगढ–बुटवल सडकखण्ड विस्तारले पूर्णता पाएसँगै तीनओटै स्थानमा सवारीसाधन स्क्यान मेसिन तथा सीसीटीभी क्यामेरा जडानको काम हुनेछ । रासस

पूर्वपश्चिम राजमार्ग : एक करोडको सीसीटीभीले देख्नै छाड्यो

बारा : नेपालमै पहिलो पटक एक करोड भन्दा बढी खर्च गरेर मधेश प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेको सीसीटीभी विथ राडर गन विग्रिएर बन्द भएका छन् । पाँच थान सिसिटिभि जडान गरेको ६ महिना नपुग्दै तीन वटा बिग्रीएर बन्द भएका हुन्।तीव्र गति मापन गरेर दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले राजमार्गमा जडान गरिएका सिसिटिभि बिग्रिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। सिरहाको लहान, सप्तरीको भारदहसहित पाँच स्थानमा जडान गरिएकोमा बाराको निजगढ, पथलैया र महोत्तरीको बर्दिवासमा रहेको आध

कमसल सीसीटीभी क्यामराले अनुसन्धानमा समस्या

चन्द्रपुर नगरपालिका–५ चिडियादहका ३५ वर्षीय समीर पराजुलीको गत शुक्रबार राति मृत्यु भयो । प्रहरीले सवारी दुर्घटनामा उनको मृत्यु भएको मुचुल्का गर्‍यो । दुर्घटना गराउने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । मृतकका परिवारले घटना ‘रहस्यमय’ भनेपछि प्रहरीले राजमार्गमा जडित सीसीटीभी क्यामराबाट अनुसन्धान थाल्यो तर कमसल क्यामराका कारण अनुसन्धानमा आशातीत सहयोग नमिलेको प्रहरीको भनाइ छ ।

रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखियो

रसुवा - रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखिएको छ । विभिन्न गाउँपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रसुवाले सीसीटीभी जडान गरेको हो ।  जिल्लामा शान्ति सुरक्षा कायम राख्न, नाकामा सीमामा हुने अपराध, चोरी सिकार तथा राजमार्गमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीसीटीभी  राखिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । रसुवागढीमा २, स्याफ्रुबेसीमा २, धुन्चेमा १८ वटा, कालीकामा ५ र बेत्रावतीमा २ वटा राखिएको कार्यालयले जनाएको छ । रसुवामा रहेकाे बेत्रावती, ...

सीसीटीभीबाट प्रहरीको निगरानीमा हाइवे

धनगढी- कैलाली र कञ्चनपुरमा पर्ने पूर्वपश्चिम राजमार्ग प्रहरीले सीसीटीभीबाट निगरानी गर्न थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा एक सय ३८ वटा सीसीटीभी क्यामरा जडान गरी संविधान दिवसको अवसरमा प्रहरीलाई हस्तान्तरण गरेको छ ।कैलालीको चिसापानीदेखि गड्डा चौकीसम्म जडान गरिएको सो सीसीटीभी बाट राजमार्ग किनारमा रहेका प्रहरी कार्यालयहरुले निरन्तर निगरानी गर्ने छन् । प्रदेशको आन्तरिक मामिला […]

भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा

काठमाडौं, असार २० । भक्तपुर क्षेत्रलाई सुरक्षाका दृष्टिले चुस्त दुरुस्त राख्ने उद्देश्यले विभिन्न ७६ स्थानमा सीसीटीभी जडान गरिएको छ । कोटेश्वर जडीबुटीदेखि पलाँसेसम्मको राजमार्गमा ६४ र भक्तपुर महानगरीय परिसर आसपास भक्तपुरको भित्री सहरको आवागमनसमेत अनुगमन हुने गरी १२ स्थानमा सीसीटीभी जडान गरिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले शुक्रबार एक समारोहबीच ‘सीसीटीभी मनिटरिङ’ सेवाको […]

आइजीपी थापाको गृहजिल्लामा जडान गरिएका सीसीटीभी एआइजी पालबाट उद्‌घाटन

भक्तपुर, १८ असार । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरि बहादुर पालले भक्तपुर क्षेत्रमा जडान गरिएका ६४ वटा आधुनिक सिसिटिभी क्यामेराको उद्‍घाटन गरे । भक्तपुरस्थित अरनिको राजमार्गमा पर्ने जडीबुटीदेखि पलासेसम्मको सडक खण्ड र महानगरीय प्रहरी परिसर भक्तपुर लगायतका स्थानहरूमा स्थानीय तह, विभिन्न बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायीहरूको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको […]