रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखियो

रसुवा - रसुवाको सबै बजार क्षेत्रमा सीसीटीभी क्यामरा राखिएको छ । विभिन्न गाउँपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय रसुवाले सीसीटीभी जडान गरेको हो ।  जिल्लामा शान्ति सुरक्षा कायम राख्न, नाकामा सीमामा हुने अपराध, चोरी सिकार तथा राजमार्गमा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सीसीटीभी  राखिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । रसुवागढीमा २, स्याफ्रुबेसीमा २, धुन्चेमा १८ वटा, कालीकामा ५ र बेत्रावतीमा २ वटा राखिएको कार्यालयले जनाएको छ । रसुवामा रहेकाे बेत्रावती, ...

सम्बन्धित सामग्री

योजना एउटा, काम अर्कै : एकीकृत फलफूल तथा तरकारी थोक बजारमा साप्ताहिक हाट

विराटनगर । १७ करोड रुपैयाँ लागतमा संघीय कृषि मन्त्रालयले मोरङको कटहरी गाउँपालिका–१ मा आधुनिक तरकारी तथा फलफूल थोक बजार बनाएको ५ वर्ष बित्यो । उक्त स्थानमा अहिले थोक बजारको साटो साप्ताहिक शनिवारे र बुधवारे हाट लाग्ने गरेको छ । उद्देश्य एउटा र प्रयोग अर्कै किसिमको हुन थालेको छ ।  संघीय सरकार कृषि मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) अन्तर्गत निर्माणाधीन अत्याधुनिक फलफूल तथा तरकारी बजार सञ्चालन गर्न नसक्दा साप्ताहिक हाटमा रूपान्तरण भएको हो । निर्माण भएर प्रदेश सरकारलाई हस्तान्तरण भएका संरचनाको सदुपयोग हुन नसकिरहेको बेला कटहरी गाउँपालिकाले साप्ताहिक हाट लगाउन शुरू गरेको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले २०८० जेठ ३ गते प्रदेश सरकारका तत्कालीन कृषि, उद्योग तथा सहकारीमन्त्री भक्ति सिटौला, सचिव मेघनाथ तिम्सिना र महाशाखा प्रमुख पशुपति पोखरेलसँग सहमति गरेर प्रयोगविहीन संरचना गाउँपालिकाले प्रयोग गर्न थालेको बताए ।  निर्माण सम्पन्न संरचनाको २०७५ चैत ३ गते उद्घाटन गर्दै संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । विराटनगर बजार क्षेत्रको गुद्री बजार स्थानान्तरण गर्ने योजनासहित निर्माण गरिएको संरचनामा व्यापारी जान मानेनन् । विराटनगर–२ र कटहरी–१ को सीमा जोडिएको स्थानमा संरचना निर्माण भए पनि व्यापारीले नयाँ तरकारी बजार स्थापना गरेर सरेका थिए । नयाँ बनेको संरचनामा व्यापारी जान नमानेपछि प्रदेश सरकारले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघलाई बजार सञ्चालन गर्न दिएको थियो ।  कोशी प्रदेशका ३६ सहकारी संस्थाले १ करोड २३ लाख रुपैयाँ शेयर लगानीमा स्थापना गरेको सहकारी अहिले डुबेको छ । पाँच बिगाहा दुई धुर क्षेत्रफलमा थोक तथा खुद्रा बजारका लागि व्यवस्थित संरचना निर्माण गरिएका छन् । प्रशासनिक भवन, ३२ ओटा थोक तरकारी तथा फलफूल पसल र ३२ ओटा खुद्रा पसलका स्टल संरचना, क्यान्टिन, हेल्थ क्लिनिक, म्यानेजर क्लस्टर, सार्वजानिक शौचालय, नापतौल मेशिन, लोड–अनलोड क्षेत्र, डिप ट्युबवेल, सीसीटीभी, जेनेरेटर र सोलार समेतको सुविधा छ । यसैगरी गोदाम घर, बैंक घर, सुरक्षाकर्मीका लागि संरचनासमेत निर्माण गरिएको थियो । दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल सुरक्षित गरेर विक्री गर्नसक्ने क्षमता छ । अध्यक्ष चौधरीले गाउँपालिकाभित्र निर्माण भएको संरचना प्रयोगविहीन भएपछि त्यहाँ हटिया सञ्चालन गर्न थालेको बताउँदै आगामी चैत १५ गते कृषि मेला लगाउने तयारी भइरहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा कृषि उत्पादन प्रवर्द्धन मेला आयोजना गर्ने तयारी भइरहेको उनले बताए ।

सडक निगरानीका लागि राखिएका अधिकांश सीसीटीभी बिग्रिए, मर्मत गर्नै समस्या

जिल्लाको बनेपा बजारको मुख्य चोक तथा बजार क्षेत्रमा सुरक्षा व्यवस्था तथा निगरानीका लागि जडान गरिएको सीसीटीभी क्यामेरामा समस्या आउँदा प्रहरीलाई सुरक्षा व्यवस्थानमा समस्या आइपरेको छ ।

नयाँ सहरमा सीसीटीभी जडान

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न गर्न आठबिस नगरपालिकाको केन्द्र राकम कर्णाली बजारमा सीसीटीभी जडान गरिएको छ । आठबिस नगरपालिकाको सहयोगमा राकम कर्णाली बजार क्षेत्रमा नौवटा सीसीटीभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

सीसीटीभी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि, प्रहरी अनुसन्धानमा असहज

उदयपुर : उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रिएपछि समस्या भएको छ। चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सीसीटीभी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य…

सीसीटीभी मर्मत नहुँदा चोरीडकैती बढ्दै

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा राखिएका सीसीटीभी बिग्रिएपछि चोरीडकैतीमा वृद्धि भएको जनाइएको छ । बाह्रबिसे नगर क्षेत्रभर भएका १६ मध्ये १४ वटा नै सीसीटीभी बिग्रिएको छ महिना पुग्दा पनि मर्मत हुन सकेको छैन । बाह्रबिसे नगर स्थानीय सभाका संयोजक उद्धवबहादुर तिवारीले बाह्रबिसे नगरको राम्चे बजार चोक, साधी खोल्सा, चण्डेश्वरी होटेल चोक, बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र बसपार्क, राम्चे अस्थायी प्रहरी पोस्ट, ट्वाके टोल, बीच बजार, सुनकोसी चोक, राम्चे पेटोल पम्प, नगरपालिका सडकलगायतका स्थानमा सीसीटीभी जडान गरिएको थियो ।

एभरेष्ट बैंकद्वारा भक्तपुर सीसीटीभी जडान समितिलाई सहयोग

काठमाडौं (अस) । एभरेष्ट बैंकले भक्तपुरको शान्ति–सुरक्षा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सीसीटीभी जडान समितिलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । भक्तपुरका भित्री सडक खण्डमा सीसीटीभी जडानका लागि बैंक सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले समितिका सचिव पदमलाल सिलाकारलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा उक्त सहयोग रकमको चेक उपलब्ध गराएका हुन् । कार्यक्रममा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती र समितिका सदस्यसचिव प्रहरी नायब उपरीक्षक राजु पाण्डे उपस्थित थिए । हाल बैंकले १०५ शाखा, १३८ एटीएम, ३१ राजस्व संकलन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एभरेष्ट बैंकले भक्तपुर सीसीटीभी जडान समितिलाई दियो एक लाख रूपैयाँ आर्थिक सहयोग

एभरेष्ट बैंकले भक्तपुर सीसीटीभी जडान समितिलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंक संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सीसीटीभी जडान समितिका सचिव पदम लाल सिलाकारलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।  बैंकले भित्री सडकखण्डमा सीसीटीभी जडान कार्यमा सहयोगका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।  बैंकका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्प राज उप्रेती र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायव उपरिक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो ।

बागलुङ बजार सीसी क्यामेराविहिन

बागलुङ (अस) । बागलुङको मुख्य व्यापारिक केन्द्र बागलुङ बजार सीसीटीभी क्यामेराविहीन भएको छ । सात वर्षअघि बजारका विभिन्न क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिएर निकालेपछि बजार क्षेत्रमा पुनः जडान भएका छैनन् । २०७१ फागुनमा उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालयका सहकार्यमा राखिएका २९ ओटा क्यामेरा झिकेर उद्योग वाणिज्य संघको कार्यालयका राखिएको छ । बजार क्षेत्रमा क्यामेरा नहुँदा चोरी, लुटपाट लगायत आपराधिक क्रियाकलाप बढ्ने व्यवसायी बताउँछन् । ‘दिनदहाडै पसल बाहिरको कपडा निकालेर हिँड्छन्, चोर पत्ता लगाउन कठिन हुन्छ,’ बागलुङ नगरपालिका हल्लनचोकका फेन्सी पसल सञ्चालक जीवनाथ गौतमले भने, ‘अपराध नियन्त्रणका लागि सीसी क्यामेरा आवश्यक छ ।’ मर्मत गर्नुपर्ने÷नयाँ राख्नुपर्ने भएकाले पुराना सीसीटीभी क्यामेरा निकालिएको बागलुङ नगरपालिका–२ का वडासदस्य अर्जुन घिमिरेले बताए । बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र प्रहरीको सहकार्यमा जति सक्दो छिटो २० ओटा नयाँ क्यामेरा जडानका लागि प्रक्रिया शुरू भएको उनले जानकारी दिए । यसका लागि ३० लाख रुपैयाँ लागतको योजना तयार भएको उनले बताए । सीसीटीभी क्यामेरा जडान तथा सञ्चालनका लागि जिल्लास्थित सरोकारवाला निकायसँग सहकार्य भइरहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । उद्योग वाणिज्य संघले बागलुङ महोत्सव आयोजनाबाट बचेको पैसाले सीसी क्यामेरा जडान गरेको थियो । बिग्रिएका क्यामेराको मर्मत गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि बजार क्षेत्र सीसी क्यामेराविहीन भएको संघका निवर्तमान अध्यक्ष जयराम भारीको भनाइ छ ।

बंगलादेशको दुर्गापूजा मण्डपमा आक्रमण गर्ने कट्टरपन्थीले गरे अपराध स्वीकार

बंगलादेशको हाजीगंजमा राखिएको दुर्गापूजा मण्डपमा आक्रमण गर्ने जमात–ए–इस्लामी नेता कमालुद्दीन अब्बासीले आफ्नो अपराध सकारेका छन् ।  बिहीवार साँझ चाँदपुर सिनियर जुडिसियल मजिस्ट्रेट मोहम्मद कमालुद्दीनसमक्ष उनले साबिती बयान दिएका हुन् ।  अक्टोबर १३ मा लडाकूहरूको एक समूहले हाजीगंज बजार मन्दिरमा बेलुका ८ बजेपछि आक्रमण गरेका थिए । प्रहरीले परिस्थिति नियन्त्रणमा लिन खोज्दा आक्रमणकारीहरूसँग भिडन्त भएको थियो ।  त्यसपछि भड्किएको हिंसामा पाँचजना मारिएका थिए । सीसीटीभी फूटेज हेर्दा अब्बासीले हिंसाको ...

सडकका सीसीटीभी र सौर्य बत्ती मर्मत

बैतडी । जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सीसीटीभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ ।