कमसल सीसीटीभी क्यामराले अनुसन्धानमा समस्या

चन्द्रपुर नगरपालिका–५ चिडियादहका ३५ वर्षीय समीर पराजुलीको गत शुक्रबार राति मृत्यु भयो । प्रहरीले सवारी दुर्घटनामा उनको मृत्यु भएको मुचुल्का गर्‍यो । दुर्घटना गराउने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । मृतकका परिवारले घटना ‘रहस्यमय’ भनेपछि प्रहरीले राजमार्गमा जडित सीसीटीभी क्यामराबाट अनुसन्धान थाल्यो तर कमसल क्यामराका कारण अनुसन्धानमा आशातीत सहयोग नमिलेको प्रहरीको भनाइ छ ।