विराटनगरमा मजदुरलाई ढिलोमा बिहीवारदेखि खाद्यान्न राहत, पहिलो चरणमा २० केजीको प्याकेज

विराटनगर : विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेर दैनिक ज्यालादारी गर्ने मजदुरहरुले ढिलोमा बिहीवारदेखि महानगरपालिकाबाट खाद्यान्न राहत पाउने भएका छन्। कोरोना संक्रमणको विश्वव्यापी महामारीबाट बच्न देशभर लकडाउन भइरहेका बेला विराटनगर महानगरपालिकाले ‘विराटनगर महानगरपालिका विपत् कोष’ खडा गरेर राहतको खाद्यान्न वितरण गर्न लागेको हो। महानगरका प्रमुख भीम पराजुलीका अनुसार विपत् कोषमा महानगरपालिकाले