महेन्द्रनगर । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएयता कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल भरिभराउ छ । कोरोना बढ्दो चरणमा रहेसँगै अस्पतालमा दैनिक डेढ सयदेखि दुई सयजना शङ्कास्पद बिरामीहरु पिसिआर परीक्षणका लागि आउने गरेका छन् । भएको जनशक्ति पनि कोरोनाको चपेटामा परेपछि पनि अस्पतालले जेनतेन सङ्क्रमितको उपचारमा भने कमी गरेको छैन ।“चिकित्सकसहित ३३ जना अस्पतालका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन्”, महाकाली अस्पताल समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “तर प