ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली अस्पताल र प्युठान जिल्ला अस्पताललाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। महाकाली अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ। महाकाली अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्