एमबिबिएस र बिडिएस अध्ययनमा नयाँ शूल्क निर्धारण, एमबिबिएस पढाइ अब २ लाख महँगो

फाइल तस्बिर।

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शूल्क निर्धारण गरेको छ।

आयोगको असोज १ र ३० गतेको बैठकले शैक्षिक सत्रमा सञ्चालन हुने एमबिबिएस/बिडिएस कार्यक्रमका लागि नयाँ शूल्क निर्धारण गरेको हो।

आयोगले उपत्यकामा एमबिबिएस अध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिरका कलेजमा अध्ययन गर्न ४४ लाख ३६ हजार २५ रुपैयाँ शूल्क लाग्ने जनाएको छ।

त्यसैगरी, बिडिएसका लागि उपत्यकामा र बाहिर समान २० लाख १९ हजार ५ सय ८० रुपैयाँ लाग्नेछ।

सरकारले शैक्षिक सत्र २०७५/०७६ का लागि उपत्यकामा एमबिबिएसका लागि उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बिडिएसका लागि उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ निर्धारण गरेको थियो।

यस हिसाबमा अब एमबिबिएस पढ्न करिब २ लाख रुपैयाँ बढी लाग्ने भएको छ। बिडिएसमा भने करिब १ लाख महँगो पर्ने देखिएको छ।

आयोगले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फितिका आधारमा नयाँ शूल्क कायम गरेको जनाएको छ।

त्यसैगरी, चिकित्सा शिक्षा ऐनको दफा १८(ख) अनुसार विद्यार्थीबाट लिइने एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिक रुपमा किस्ताबन्दीमा लिइने जनाएको छ। सोही दफाको (ग) मा विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत बुझाउनुपर्ने उल्लेख भएबमोजिम एक तिहाइ हुन आउने रकम काठमाडौं उपत्यकाभित्र १३ लाख ४१ हजार रुपैयाँ र उपत्यका बाहिर १४ लाख ७८ लाख ६ सय ७५ रुपैयाँ हुनेछ।

बिडिएसतर्फ उपत्यकाभित्र र बाहिर समान ६ लाख ७३ हजार १ सय रुपैयाँ कायम भएकोले रकम विश्वविद्यालयमा जम्मा गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था गर्न पनि सम्बन्धित विद्यवविद्यालयलाई व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

आयोगले चिकित्साा शिक्षाका स्नातक तहका एमबिबिएस/बिडिएस बाहेकका अन्य कार्यक्रम र विदेशी विद्यार्थीहरुको शुल्कका हकमा विश्वविद्यालय र प्रतिष्ठानले शैक्षिक सत्र २०७६/०७७ को शूल्कांकन र निर्धारणका आधार आयोगलाई जानकारी गराउन समेत भनेको छ।

ऐनको परिच्छेद ७ को दफा १८ बमोजिम आगामी वर्ष २०७७/०७८ का लागि सीट संख्या र शुल्क निर्धारण गर्न चिकित्सा शिक्षा आयोगले विज्ञ समावेश भएको कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकका निर्णयहरु सार्वजनिक गर्दै आयोगले तोकेबमोजिम शुल्क विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजलाई लिन र सोही अनुसार तिर्न अभिभावक तथा विद्यार्थीलाई अनुरोध गरेको छ।

आयोग बैठकका निर्णयहरुः

 

सम्बन्धित सामग्री

अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

जुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ सञ्चालनका लागि […]

कारोबार दैनिक

आयोगको अनुगमन कुर्दै कर्णाली प्रतिष्ठान

एमबीबीएस सुरु गर्नजुम्ला-कर्णालीमै एमबीबीएस पढाइ सुरु गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा आयोगको अनुगमन कुरिरहेको छ । पूर्वाधार तथा जनशक्तिसहित एमबीबीएस सञ्चालनको अन्तिम तयारीमा रहेको कर्णाली प्रतिष्ठानले आयोगको अनुगमन कुरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले एमबीबीएस सञ्चालनका लागि आयोगको अनुगमनको प्र्रतीक्षामा रहेको बताए । उनले भने, “प्रतिष्ठानले एमबीबीएस पढाइ […]

कारोबार दैनिक

एमबीबीएसको शुल्क बढाउने आयोगको प्रस्ताव, प्रधानमन्त्रीले भने रोक्नुस्

१० माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७-०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ । आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय …

अनलाइनखबर

एमबीबीएसको शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले एमबीबीएसको शुल्क नबढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको चिकित्सा शिक्षा आयोगको पाँचौ बैठकमा प्रधानमन्त्री ओलीले आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्...

उज्यालो अनलाइन

एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी सहित १२ विषयको शुल्क तोकियो (कुनमा कति?)

काठमाडौं- चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका विभिन्न १२ शैक्षिक कार्यक्रमको लागि शुल्क तोकेको छ।  आइओएमले एमबिबिएस र बिडिएसमा सरकारले निर्धारण गरेको आधारमा शुल्क...

चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको थियो ।

गोरखापत्र

मेडिकल कलेजका शुल्क अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौँ, चैत १५ गते । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस) सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन...

गोरखापत्र

निर्धारित शुल्क कार्यान्वयन गर्न निर्देश

काठमाडौँ,  चैत १० गते । चिकित्सा विज्ञानका स्नातक तह (एमबिबिएस र बिडिएस)का कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन गर्न प्रतिनिधिसभा,...

गोरखापत्र