अर्थ मन्त्रालयले बजेटभन्दा बाहिरबाट रकामान्तर गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन

काठमाडौं : निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई वार्षिक बजेट भन्दा बाहिरको रकमान्तरले निर्वाचनमा प्रतिकुल असर पर्ने बताएको छ। आयोगले विज्ञप्ति जारी गरेर कुन कुन मन्त्रालयमा रकामान्तर गरिएको हो भन्नेबारे २४ घण्टाभित्र स्पष्टिकरण दिन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ। ‘वार्षिक बजेटभन्दा पृथक हुने गरि अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम…

सम्बन्धित सामग्री

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरुले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो ।सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका छन् । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको […]

नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

काठमाडौं । नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरूले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै भर्ना दिएका छन् । आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको […]

असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित

काठमाडौं।असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।आज सिंहदरबारमा रहेको अर्थ मन्त्रालय अगाडि काठमाण्डौ,भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन्।आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका हुन्।

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्रीविहीन, सचिवहरू विदामा

२३ असार, काठमाडौं । आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालय मन्त्री र सचिवविहीन भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार विवादित बजेट निर्माणको प्रक्रियाको अनुसन्धानमा सघाउने भन्दै राजीनामा दिएका छन् । यही बेला अर्थसचिव मधुकुमार मरासिनी आकस्मिक बिदामा बसेका छन् भने राजस्वसचिव कृष्णहरी पुष्कर पूर्वनिर्धारित कार्यक्रम अनुसार अष्ट्रियाको भियनामामा छन् । संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार […]

मन्त्री शर्माको राजीनामा माग्न थालिएपछि अर्थ मन्त्रालय उनको बचाउमा उत्रियो

काठमाडौँ – बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ। अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले अर्थमन्त्रीमाथि लागेको आरोपको बुँदागत खण्डन नगरी पत्रकारिताको अभ्यासप्रति आक्रोश पोखेका छन्। बजेटको अघिल्लो राति मन्त्रालयमा अर्थमन्त्री शर्मा, सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करसँगै अर्को सहसचिव चक्रबहादुर […]

पाकिस्तानका सरकारी कर्मचारीले इन्धन र बिजुलीको महसुल बढेको भन्दै धर्ना दिने

इस्लामावाद– इन्धन र बिजुलीको महसुलमा व्यापक वृद्धिका कारण आफ्नो तलब वृद्धिको माग गर्दै सोमबारदेखि पाकिस्तानी सरकारी कर्मचारीहरूले देशको अर्थ मन्त्रालय बाहिर धर्ना दिने तयारी गरेका छन्। सरकारी कर्मचारीहरूको गठबन्धनले उनीहरूले आगामी बजेटमा तलब वृद्धिको लागि दबाब दिन अर्थ मन्त्रालय बाहिर टोकन धर्ना दिन लागेको डन अखबारले उल्लेख गरेको छ। कर्मचारीको तलबमा ५० प्रतिशत वृद्धि गर्नुपर्ने […]

बजेटका लागि निजीक्षेत्रको सुझाव बुझ्दै अर्थ मन्त्रालय

वीरगञ्ज । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको तयारीमा जुटेको छ । अर्थ मन्त्रालयले बजेटबारे निजीक्षेत्रका राय सुझाव संकलन तीव्र पारेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले बिहीवार प्रदेश २ का उद्यमी व्यापारी र सरोकारका पक्षसँग अन्तरक्रिया गरेको हो । आगामी आवको बजेटबारे मन्त्रालयले निजीक्षेत्रको राय मागेको र सुझावलाई बजेटमार्फत सम्बोधन गरिने समितिका अध्यक्ष महेश दाहालले बताए । राजस्व नीति र कर सुधारसम्बन्धी अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले भन्सार मूल्यांकनको क्रममा आयातकर्ताले पेश गरेको बीलबिजकलाई मान्यता नदिँदा व्यापारी पीडित भएको गुनासो गरे । भन्सारको सन्दर्भ मूल्यको झन्झटले आयातकर्ता हैरान भएको अध्यक्ष लाठले बताए । सन्दर्भ मूल्यभन्दा कम बिल भएमा राजस्वको ५० प्रतिशत जरीवाना लिने प्रावधानबाट जोगिन व्यापारीहरूले अनौपचारिक माध्यमबाट त्यस्तो रकम फिर्ता लिन बाध्य भएको पनि उनले बताए । ‘भन्सारमा वस्तुको वास्तविक मूल्यभन्दा बढी बिल पेश गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर कर प्रयोजनमा आन्तरिक राजस्व कार्यालयबाट पनि झमेला हुने भएकाले यस्तो बिललाई भन्सार प्रयोजनमा मात्र सीमित गर्नुपर्दछ,’ उनको आग्रह थियो । व्यापारका क्रममा हुने मालसामान टुटफुटलाई कर प्रयोजनमा देखाउने प्रक्रिया अति असहज भएकाले निश्चित प्रतिशतसम्म यस प्रयोजनमा छुट्याउने व्यवस्था हुनुपर्ने पनि लाठले सुझाव दिए । सीमावर्ती क्षेत्रमा व्यापारका क्रममा रकम बोकेर हिँड्दा प्रहरीले हुण्डीको आरोपमा समात्ने र दुःख दिने गरेको भन्दै उनले यसबाट सीमाक्षेत्रमा काम गर्नु चुनौतीपूर्ण भएको बताए । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा उद्योग र स्थानीयबीच द्वन्द्व बढेकाले नयाँ औद्योगिक क्षेत्र स्थापनाको माग महासंघ मधेश प्रदेशले गरेको छ । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रमा निर्यातमुखी उद्योग नआएकाले अन्य उद्योगका लागि खुला गरिनुपर्ने माग महासंघको छ । व्यापारको लगानी सुरक्षा र तरलता अभावको समस्या सहजीकरणका लागि उधारो विक्रीसम्बन्धी कानूनको माग निजीक्षेत्रले गरेको छ । औद्योगिक प्रवर्द्धनका लागि प्रविधिमा सहुलियत, वीरगञ्ज क्षेत्रमा राजस्व न्यायाधीकरणको स्थापना, कर फछ्र्योट आयोग गठन लगायत माग पनि निजीक्षेत्रले उठाएको छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले संघ सरकारले निजीक्षेत्रका जायज माग सम्बोधनमा कञ्जुस्याइँ गन नहुने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले विद्यमान कानूनअनुसार उद्यमी व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भएकाले बैंकहरूले पनि आधार दरको २० प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गरिनुपर्ने बताए । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताले यो व्यवस्था कृषिजन्य चामल, दाल, तेल उद्योगको हकमा लागू गरिनुपर्ने माग गरे । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको ज्यालामा समेत टीडीएस कट्टा गर्ने अव्यावहारिक प्रावधानले समस्या भएको उनले बताए । नयाँ उद्योग स्थापनामा एकद्वार प्रणाली र ५ वर्षसम्म कर छूट, सामाजिक सुरक्षा ऐनमा समयसापेक्ष संशोधन, भीसीटीएसको जरीवाना घटाउनुपर्ने, ५० लाखसम्मको कारोबारमा भीसीटीएस लागू नगर्नेजस्ता विषयमा उनले सकारको ध्यानाकर्षण गराए । नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैदले अव्यावहारिक भन्सार मूल्यांकनका कारण हुण्डी कारोबार भइरहेको भन्दै मूल्यांकनलाई सान्दर्भिक बनाउन आग्रह गरे । अव्यावहारिक नीति र कानूनका कारण उद्यमीहरूले अनुपत्पादक काममा समय खर्चिनुपरेको गुनासो उनले गरे । सरकारले लगानी आह्वान गरे पनि ट्रेडमार्कको समस्या र एकद्वार प्रणाली प्रभावकारी नहुँदा लगानी आकर्षित हुन नसकेको वैदको टिप्पणी थियो । संघीयताले गाउँगाउँमा सिंहदरबारको अवधारणा ल्याए पनि जनताका स्थानीय प्रतिनिधिले त्यसको दुरुपयोग गरेको आरोप उनले लगाए । नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले स्वदेशी बजारमा आयातित वस्तुको नक्कली उत्पादन भित्रिइरहेको र यसको नियन्त्रणमा सरोकारका निकाय गम्भीर नदेखिएको बताए । नक्कली उत्पादनको बिगबिगीले उपभोक्ता ठगिएको र व्यवसाय कठिन बनेको गुनासो उनले गरे । उद्योगको कच्चा पदार्थको आयातमा तयारी वस्तुको तुलनामा भन्सार महशुल कम हुनुपर्ने र सरकारी नीतिहरू लचिलो हुनुपर्ने पनि उनले बताए ।    परामर्श समितिका अध्यक्ष दाहालले राजस्व परामर्श समिति नेपाल सरकार र निजीक्षेत्रबीच पुलको रूपमा काम गर्ने निकायको रूपमा रहेको स्पष्ट पारे । निजीक्षेत्रबाट संकलित सुझावलाई लिपिबद्ध गरेर सम्बद्ध निकायसमक्ष प्रस्तुत गरिने जानकारी उनले दिए ।

पूर्वाधार विकासमा कालोधन लगानी गर्न दिँदैनौ : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले पूर्वाधार विकास परियोजनामा कालो धन लगानी गर्न नदिने प्रष्ट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते आर्थिक विधेयक, २०७८ पेश गर्दै २०८० चैत्रसम्म पूर्वाधार क्षेत्रमा गरेको लगानीको आयश्रोत नखोज्ने व्यवस्था गरेका थिए ।उक्त व्यवस्थालाई सरकारले कालोधन लगानी गर्न बाटो खुलाएको भन्दै विरोध भएपछि अर्थ मन्त्रालयले त्यस्तो गर्न नदिने बताएको हो । मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधार आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसूर

स्यानिटरी प्याडलाई 'लक्जरी' वस्तुबाट हटाउनु पर्ने भन्दै सर्वोच्चमा रिट

स्यानिटरी प्याडलाई 'लक्जरी' वस्तुको दायराबाट हटाएर आधारभूत स्वास्थ्य सुविधामा राख्नु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  इलामकी श्रीना नेपाल र भक्तपुरका अभ्युदय भेटवालले अर्थ मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाएर परमादेश वा उपयुक्त आदेश माग गर्दै रिट दायर गरेका हुन् ।  देशको कुल जनसंख्याको साढे ५४ प्रतिशत महिलाले महिनामा एक हप्ताका लागि र हरेक महिना गरेर जीवनको करीब ३८ वर्ष स्यानिटरी प्याड प्रयोग गर्ने भएकाले त्यसमा लाग्ने १३ प्...