बजेटका लागि निजीक्षेत्रको सुझाव बुझ्दै अर्थ मन्त्रालय

वीरगञ्ज । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको तयारीमा जुटेको छ । अर्थ मन्त्रालयले बजेटबारे निजीक्षेत्रका राय सुझाव संकलन तीव्र पारेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले बिहीवार प्रदेश २ का उद्यमी व्यापारी र सरोकारका पक्षसँग अन्तरक्रिया गरेको हो । आगामी आवको बजेटबारे मन्त्रालयले निजीक्षेत्रको राय मागेको र सुझावलाई बजेटमार्फत सम्बोधन गरिने समितिका अध्यक्ष महेश दाहालले बताए । राजस्व नीति र कर सुधारसम्बन्धी अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले भन्सार मूल्यांकनको क्रममा आयातकर्ताले पेश गरेको बीलबिजकलाई मान्यता नदिँदा व्यापारी पीडित भएको गुनासो गरे । भन्सारको सन्दर्भ मूल्यको झन्झटले आयातकर्ता हैरान भएको अध्यक्ष लाठले बताए । सन्दर्भ मूल्यभन्दा कम बिल भएमा राजस्वको ५० प्रतिशत जरीवाना लिने प्रावधानबाट जोगिन व्यापारीहरूले अनौपचारिक माध्यमबाट त्यस्तो रकम फिर्ता लिन बाध्य भएको पनि उनले बताए । ‘भन्सारमा वस्तुको वास्तविक मूल्यभन्दा बढी बिल पेश गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर कर प्रयोजनमा आन्तरिक राजस्व कार्यालयबाट पनि झमेला हुने भएकाले यस्तो बिललाई भन्सार प्रयोजनमा मात्र सीमित गर्नुपर्दछ,’ उनको आग्रह थियो । व्यापारका क्रममा हुने मालसामान टुटफुटलाई कर प्रयोजनमा देखाउने प्रक्रिया अति असहज भएकाले निश्चित प्रतिशतसम्म यस प्रयोजनमा छुट्याउने व्यवस्था हुनुपर्ने पनि लाठले सुझाव दिए । सीमावर्ती क्षेत्रमा व्यापारका क्रममा रकम बोकेर हिँड्दा प्रहरीले हुण्डीको आरोपमा समात्ने र दुःख दिने गरेको भन्दै उनले यसबाट सीमाक्षेत्रमा काम गर्नु चुनौतीपूर्ण भएको बताए । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा उद्योग र स्थानीयबीच द्वन्द्व बढेकाले नयाँ औद्योगिक क्षेत्र स्थापनाको माग महासंघ मधेश प्रदेशले गरेको छ । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रमा निर्यातमुखी उद्योग नआएकाले अन्य उद्योगका लागि खुला गरिनुपर्ने माग महासंघको छ । व्यापारको लगानी सुरक्षा र तरलता अभावको समस्या सहजीकरणका लागि उधारो विक्रीसम्बन्धी कानूनको माग निजीक्षेत्रले गरेको छ । औद्योगिक प्रवर्द्धनका लागि प्रविधिमा सहुलियत, वीरगञ्ज क्षेत्रमा राजस्व न्यायाधीकरणको स्थापना, कर फछ्र्योट आयोग गठन लगायत माग पनि निजीक्षेत्रले उठाएको छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले संघ सरकारले निजीक्षेत्रका जायज माग सम्बोधनमा कञ्जुस्याइँ गन नहुने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले विद्यमान कानूनअनुसार उद्यमी व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भएकाले बैंकहरूले पनि आधार दरको २० प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्था गरिनुपर्ने बताए । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्षसमेत रहेका गुप्ताले यो व्यवस्था कृषिजन्य चामल, दाल, तेल उद्योगको हकमा लागू गरिनुपर्ने माग गरे । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको ज्यालामा समेत टीडीएस कट्टा गर्ने अव्यावहारिक प्रावधानले समस्या भएको उनले बताए । नयाँ उद्योग स्थापनामा एकद्वार प्रणाली र ५ वर्षसम्म कर छूट, सामाजिक सुरक्षा ऐनमा समयसापेक्ष संशोधन, भीसीटीएसको जरीवाना घटाउनुपर्ने, ५० लाखसम्मको कारोबारमा भीसीटीएस लागू नगर्नेजस्ता विषयमा उनले सकारको ध्यानाकर्षण गराए । नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैदले अव्यावहारिक भन्सार मूल्यांकनका कारण हुण्डी कारोबार भइरहेको भन्दै मूल्यांकनलाई सान्दर्भिक बनाउन आग्रह गरे । अव्यावहारिक नीति र कानूनका कारण उद्यमीहरूले अनुपत्पादक काममा समय खर्चिनुपरेको गुनासो उनले गरे । सरकारले लगानी आह्वान गरे पनि ट्रेडमार्कको समस्या र एकद्वार प्रणाली प्रभावकारी नहुँदा लगानी आकर्षित हुन नसकेको वैदको टिप्पणी थियो । संघीयताले गाउँगाउँमा सिंहदरबारको अवधारणा ल्याए पनि जनताका स्थानीय प्रतिनिधिले त्यसको दुरुपयोग गरेको आरोप उनले लगाए । नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले स्वदेशी बजारमा आयातित वस्तुको नक्कली उत्पादन भित्रिइरहेको र यसको नियन्त्रणमा सरोकारका निकाय गम्भीर नदेखिएको बताए । नक्कली उत्पादनको बिगबिगीले उपभोक्ता ठगिएको र व्यवसाय कठिन बनेको गुनासो उनले गरे । उद्योगको कच्चा पदार्थको आयातमा तयारी वस्तुको तुलनामा भन्सार महशुल कम हुनुपर्ने र सरकारी नीतिहरू लचिलो हुनुपर्ने पनि उनले बताए ।    परामर्श समितिका अध्यक्ष दाहालले राजस्व परामर्श समिति नेपाल सरकार र निजीक्षेत्रबीच पुलको रूपमा काम गर्ने निकायको रूपमा रहेको स्पष्ट पारे । निजीक्षेत्रबाट संकलित सुझावलाई लिपिबद्ध गरेर सम्बद्ध निकायसमक्ष प्रस्तुत गरिने जानकारी उनले दिए ।

सम्बन्धित सामग्री

सहकारीको बचत सुरक्षण कोषमा अर्थ मन्त्रालयको असहमति

१२ मंसिर, काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रस्ताव बमोजिम सहकारी क्षेत्रको बचत तथा कर्जा सुरक्षण कोषमा लगानी गर्न अर्थ मन्त्रालय तयार नभएपछि यो स्थापनाको विषय नै अन्योलमा परेको छ । कार्यदलको सुझाव अनुसार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कोष स्थापना गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो । तर, त्यस विषयमा अर्थ मन्त्रालयले तत्काल […]

सीसीटीभी निर्देशिका अनिवार्य पालना गर्न सरकारी निकायलाई संसदीय समितिको सुझाव

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकाको अनिवार्य पालना गर्न सरकारी निकायलाई सुझाव दिएको छ । 'सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकालाई अर्थ मन्त्रालय र गृह मन्त्रालय समेतले पूर्णरूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ । यस्तै सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै ...

पार्टी नेतृत्वको सुझाव लिएर प्रतिवेदन लेख्न जुटे विशेष समितिका सदस्य

१२ साउन, कामाडौं । प्रमुख पार्टीका शीर्ष नेताहरुले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सहमतिमै तयार गर्न संसदीय विशेष समितिका सदस्यहरुलाई सुझाव दिएका छन । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको भनी प्रश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले छानबिनका लागि ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय […]

पुँजी बजार विकास गर्न चेम्बर अफ कमर्सको नीतिगत सुझाव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ।चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो। पुँजी बजार स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेश गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धराशयी बन्दै गएको एवं लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानक

‘अर्थतन्त्र संकटग्रस्त अवस्थामा’

कृषि क्षेत्रमा उत्पादकत्व बढाउनका लागि अनुदान किसानको हातमा पुग्नुपर्नेसमेत उनको सुझाव छ। कार्यक्रममा बोल्दै पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए ।...

आव २०७९/ ८० को बजेट निर्माणमा अर्थ मन्त्रालय, यस्तो छ कार्यतालिका

चैत २४, काठमाडौ। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/ ८० बजेटका लागि विभिन्न निकायबाट सुझाव संकलन गरिहेको छ ।  आगामी आर्थिक वर्षको बजेटका लागि मन्त्रालयले विभिन्न पक्षसँग छलफल शुरु गर्ने पूर्वनिर्धारित योजना अनुरुप सुझाव संकलन  गर्न शुरु गरेको हो । हालैमात्र मन्त्रालयले मौखिक रुपमा  सुझाव संकलन गर्न टोलि  फ्रि नम्वरसमेत  सञ्चालनमा ल्याएको छ । आगामी बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु लिखित तथा मौखिक(टोलफ्रि) रुपमा  चैत मसान्तभित्र पठाइसक्न पनि सर्वसाधारणलाई मन्त्रालयले भनेको छ । मन्त्रालये  निर्धारित मितिमा बजेट ल्याउने उद्धेष्यले मन्त्रालयले कार्यतालिका तयार पारेको छ। कानूनत : अर्थमन्त्रीले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यावस्था छ। जसअनुसार मन्त्रालयले आयरव्यय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तय गरेको छ। त्यसैगरी जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गर्ने योजना बनाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार जेठ ८ गते व्यय अनुमान र खर्च शिर्षकगत अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार हुनेछ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिइने  कार्यतालिका रहेको छ। सोहि दिन बजेटलाई अन्तिम रुप दिइने छ।  यस्तै जेठ १३ गते स्रोत पुस्तिका छपाइका लागि छापाखानामा पठाइने छ। जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। र जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।

नेपाल वायुसेवा निगम सुधारका लागि समिति गठन गर्न अर्थको सुझाव

काठमाडौँ । नेपाल वायुसेवा निगममा देखिएको बेथिति अन्त्यका लागि अर्थ मन्त्रालयले चासो व्यक्त गरेको छ । निमगको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनका सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने गरी छलफल केन्द्रीत गरिएको छ । अर्थ मन्त्रालयमा आज आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय […]

निगम सुधारका लागि समिति गठन गर्न अर्थ मन्त्रालयको सुझाव

नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका हुन् ।&nb

व्यवसाय र करमैत्री बजेट ल्याउन सुझाव

वीरगन्जका उद्योगी–व्यवसायीहरुले आगामी बजेट व्यावसाय र करमैत्री बनाउन सुझाव दिएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले बुधबार वीरगन्जमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को राजस्व नीति सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले सरकारले सुझाव संकलन गरेर लाने तर त्यसलाई समेट्ने र प्रभावकारी कार्यान्वयन गर्नमा भने उदासिन देखिने गरेको गुनासो गरे […]