मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।
बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका आमनागरिकहरूलाई जनही एक सय रूपैयाँका दरले कारवाही गरेको हो ।
त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनु...