वीरगंजमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउन शुरु

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले सोमवारदेखि मास्क नलगाई हिँड्नेहरूलाई १ सय रुपैयाँ जरिवाना तिराउन शुरू गरेको छ। प्रशासनको आदेशमा पर्सा प्रहरीले मास्क नलगाई हिँड्नेहरूलाई जरिवाना तिराउन शुरु गरेको हो। कोभिड संकट व्यवस्थापन समितिले बारम्बार मास्क अनिवार्य लगाएर घरबाहिर हिँड्न अनुरोध गर्दै आएपनि मानिसहरुले अटेर गर्दै आएका छन्। उच्च अदालत…

सम्बन्धित सामग्री

मास्क नलाए पाँच सय जरिवाना

काठमाडौं । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क नलगाउनेलाई जरिवाना तोकेको हो । निजी कारमा यात्रा गर्नेहरूले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ […]

दिल्लीमा मास्क अनिवार्य, नलगाउनेलाई ५ सय जरिवाना

दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो। मास्क नलगाउनेलाई ५ सय भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।

धनुषामा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

कोरोना संक्रमण बढ्दै गएपछि धनुषामा मास्क नलगाउनेमाथि कडाइ गरिने भएको छ । प्रशासनले आइतबारदेखि मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा मास्क लगाउनका लागि शुक्रबार र शनिबार दुई दिन जनचेतनामूलक कार्यक्रम गरिएको बताए ।   त्यसपछि पनि मास्क नलगाइएको पाइएमा सय रुपैयाँ जरिवाना असुल गरिने उनले बताए ।आइतबारदेखि मास्क नलगाउनेसँग एक सय रुपैयाँ दरले जरिवाना असुली गरिने पौडेलले बताए ।

मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

काठमाडौँ– मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेलाई काठमाडौं प्रशासनले एक सय रुपैयाँ जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको हो । सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला […]

काठमाडौंमा मास्क नलगाई हिँड्डुल गर्नेलाई एक सय रूपैयाँ जरिवाना

मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ ।  बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएका आमनागरिकहरूलाई जनही एक सय रूपैयाँका दरले कारवाही गरेको हो ।  त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनु...

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना

पर्सा, पुस २७ । जिल्ला प्रशासन कार्यालय पर्साले मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आजदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने बताउनु भएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी सेवा केन्द्रहरुसँगको सहकार्यमा आयोजना गरेको सचेतनामुलक कार्यक्रम अन्तर्गत हिजो लगभग ५ हजार जनालाई मास्क वितरण गरिएको […]

सुर्खेतमा मास्क लगाउन अटेर गर्नेलाई सय रुपैयाँ जरिवाना

२४ साउन, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा एक सय रुपियाँ जरिवाना लगाइएको छ । आइतबार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जिल्लामा प्रजिअको नेतृत्वमा करीब एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना […]

मास्क प्रयोग नगरे सय रुपैयाँ जरिवाना !

सुर्खेत । कर्णालीको प्रवेशद्वारको रुपमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाले मास्क प्रयोग नगर्नेलाई रु. १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो निर्णय गरिएको जानकारी दिएको हो । यस्तै  बिहान ६ बजे देखि ८ बजे सम्म दैनिक उपभोग्य पसल खुल्ने भएका छन् ।  कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा दैनिक उपभोग्य अत्यावश्यक सामाग्रीका पसलहरु जस्तै खाद्यान्न, तरकारी, दुध र ग्यास पसल मात्र खुल्ला हुने भएका हुन् ।  उक्त, कार्य गर्

कोरोनाकालमा मास्क नलगाउँदा जरिवाना तिर्ने राष्ट्रप्रमुख यी हुन्

कोरोनाभाइरसले संसारलाई हैरान पारेको छ र प्रत्येक देशले संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको छ ।  नियम उल्लंघन गर्ने राष्ट्रप्रमुख तथा सरकारप्रमुखले जरिवाना समेत तिर्नुपरेको छ ।  यसै क्रममा थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले मास्क नलगाएकोमा १९० डलर जरिवाना तिरेका छन् ।  उनले सार्वजनिक स्थानमा गरिएको कार्यक्रममा मास्क नलगाएको पाइएको हो ।  त्यस्तै चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले पनि फेसमास्क नगलाइकन सेल्फी खिचेको भन्दै ३५ सय डलरको जरिवाना लगाइएको छ । पिनेराले एक महिला प्रशंसकस...

कञ्चनपुर: मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना

पहिलो दिन सोमबार बजार क्षेत्रमा मास्क विना हिँडडुल गर्ने ३७ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाही स्वरुप उनीहरुबाट १८ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।