कोरोनाकालमा मास्क नलगाउँदा जरिवाना तिर्ने राष्ट्रप्रमुख यी हुन्

कोरोनाभाइरसले संसारलाई हैरान पारेको छ र प्रत्येक देशले संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको छ ।  नियम उल्लंघन गर्ने राष्ट्रप्रमुख तथा सरकारप्रमुखले जरिवाना समेत तिर्नुपरेको छ ।  यसै क्रममा थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले मास्क नलगाएकोमा १९० डलर जरिवाना तिरेका छन् ।  उनले सार्वजनिक स्थानमा गरिएको कार्यक्रममा मास्क नलगाएको पाइएको हो ।  त्यस्तै चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले पनि फेसमास्क नगलाइकन सेल्फी खिचेको भन्दै ३५ सय डलरको जरिवाना लगाइएको छ । पिनेराले एक महिला प्रशंसकस...