बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा : मुख्यमन्त्री मौन, प्रदेश प्रमुख ओली भेट्न काठमाडौँमा

 नेकपा एमालेको स्पष्ट बहुमत भएको बागमती प्रदेश सरकार केपी ओली पक्ष र माधव नेपाल पक्षबीचको अन्तर्विरोधका कारण सङ्कटमा छ । बागमती प्रदेशमा कूल १ सय १० जनामध्ये हाल १०९ जना मात्रै सांसद रहेका छन् । जसमध्ये ५७ जनाको स्पष्ट बहुमतबाट मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको नेतृत्व गरिरहेका छन् ।पछिल्लो समय केन्द्र सरकारमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेशमा पनि एमालेको माधव पक्षले सरकारको नेतृत्वको आफ्नो पक्षले गर्न पाउनुपर्ने माग राख्दै ओली ओली पक्षलाई दबाब दिइरहेको छ । माधव पक्षले ओली

सम्बन्धित सामग्री

बागमती प्रदेश प्रमुखद्वारा प्रदेश सरकार गठनका लागि दलहरुलाई आह्वान

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले यादवचन्द्र शर्माले दलहरुलाई आहृवान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व […]

बागमती प्रदेशमा ४ दिनभित्र सरकार गठन गर्न आह्वान

२१ पुस, हेटौंडा । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै पनि […]

बागमती प्रदेश : मुख्यमन्त्रीमा कस्को दाबेदारी ?

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शुक्रबार पदबाट राजीनामा दिए। मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पाण्डेले संघीय सांसदको शपथग्रहण गरेपछि प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन्। कानुनी जटिलताका कारण अर्को सरकार नबन्दासम्म बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे नै रहेका छन्। उनले पदबाट राजिनामा दिएसँगै बागमती प्रदेशमा अबको मुख्यमन्त्री को बन्ला? भन्ने स

बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डेले लिए शपथ, को को बने मन्त्री?

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई एक समारोहबीच शपथ गराए। वुधबार पाण्डेले बहुमत प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश...

बागमती प्रदेशमा बहुमत सांसदसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि समाजवादीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ५९ जना सांसदले प्रदेश प्रमुखसमक्ष बुधबार दावी पेश गरेका हुन् ।मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले बिहीबार ३ बजेसम्म सरकार गठनको लागि आह्वान गरेका थिए । […]

बागमती प्रदेशमा भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि रिक्त बागमती प्रदेशको मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन् ।  प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बिहीवार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  ‘संविधानको धारा १६८ को उपधार (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको बहुमत प्राप्...

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश १ का प्रमुख फेरिन सक्ने

बागमती प्रदेशमा पनि २ भदौमा हतारहतार एमालेले मुख्यमन्त्री परिवर्तन गरेपछि भोलिपल्ट सरकारले प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

ओली नियुक्त गरेका चार प्रदेश प्रमुख पदमुक्त, ३ मात्र बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारको पालामा भएका राजनीतिक नियुक्ति एकपछि अर्को गर्दै खारेज गर्दै गएको छ । ओलीको पालामा नियुक्त भएका ७ प्रदेश प्रमुख मध्ये ४ जनालाई देउवा सरकारले पदमुक्त गरेको छ । बिहीवार बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउन सिफारिश गरेको छ । बागमती प्रदेशमा बुधवार मात्र मुख्यमन्त्री परिवर्तन भएको थियो । डोरमणि पौडेलले राजीनामा गरेलगत्तै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । यसअघि गत सोमवार मात्र प्रदेश २ का प्रदेश प्र...

माधव छाड्दा मुख्यमन्त्री पक्का

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।

बागमती प्रदेशमा नयाँ मन्त्रीको सपथ

हेटौडा। बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, समाजिक विकाम मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सपथ लिएका छन्। यस्तै समाजिक विकाम राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले सपथ लिएका छन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन्।