बागमती प्रदेशमा ४ दिनभित्र सरकार गठन गर्न आह्वान

२१ पुस, हेटौंडा । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै पनि […]

सम्बन्धित सामग्री

बागमती प्रदेशमा पुस २५ गतेभित्र सरकार गठन गर्न आह्वान

हेटौँडा। बागमती प्रदेश प्रमुखको कार्यालयले पुस २५ गतेभित्र सरकार गठन गर्न आह्वान गरेको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन्। प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।

बागमतीमा प्रदेश सरकार गठनका लागि आह्वान

काठमाडाैँ- बागमती प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। ‍ बागमती प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले दलहरूलाई मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै […]

बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने

काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरेसँगै प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले त्यसपछि मात्र सरकार गठनको […]

वागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

हेटौंडा । वागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीवार अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोकेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गरेका हुन् । शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्न आग्रह गरेको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । यसैबीच, वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबीपत्र बुधवार साँझ बुझाएका छन् । समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारओटा राजनीति दलले समर्थनसहित हस्ताक्षर गरी दाबीपत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले बताएको छ । रासस