चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । “हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ”, अदैले भने, “यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।” चिसोका कारण पश्चिम बाग