नेपालमा अस्वाभाविक विभिन्न मौसमी प्रवृत्ति देखा परिरहँदा र हावा दूषित बनाउन मुख्य रूपमा योगदान गर्ने डढेलोको प्रवृत्ति बढिरहँदा वायु प्रदूषणको असर अब स्वास्थ्यसँगै अर्थतन्त्रमा समेत देखा पर्न थालेको पाइन्छ।
पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भन्नुभयो, “बैतडीबाट छोराको विवाह गर्नुप¥यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाउनुभयो ।
काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । पर्यटन मन्त्रालयका सचिव डा। दीपक काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा […]
झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन्। शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन काठमाडाैँमा शुरु भएको छ । राष्ट्रिय सभागृहमा शुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ । महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान उद्घाटन गरे । महाधिवेशनमा महासङ्घका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । महाधिवेशन शुरु हुनुअघि पत्रकारहरूले शान्तिबाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी गरेका थिए । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको साङ्गठनिक र […]