वीरगञ्ज महानगरपालिमा खोप भण्डारण कक्ष

मुलुकको प्रमुख व्यापारिक नगरी तथा प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगञ्जले विविध प्रकारको खोप व्यवस्थापन गर्ने उद्देश्यले खोप भण्डारण कक्ष स्थापना गरेको छ । बालबालिकालाई लगाइने नियमित खोपका साथै वर्तमान अवस्थामा आवश्यक कोभिड विरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डारण कक्ष स्थापना गरिएको हो । स्थापना गरिएको खोप भण्डारण कक्षमा महानगरवासीलाई आवश्यक विविध …

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा शुरु गर्‍यो कोभिडविरुद्धको खोप अभियान

मंसिर २३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा कोभिडविरुद्धको खोप अभियान शुरु गरेको छ ।  नगरका सार्वजनिक स्थनमा सर्वसाधारणले खोप लगाउन सक्ने गरी अभियान थालिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । अभियानको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले उद्घाटन गरे । अहिले ३७ ओटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउँदै आएको जानकारी महानगरपालिकाले दिएको छ ।  महानगरपालिकाले हालै खोप भण्डारण कक्ष सञ्चालनमा ल्याएकाले खोपको व्यवस्थापन सहज भएको बताएको छ । महानगरले नगरका सबै बासिन्दालाई अभियानमा सहभागी हुन आग्रह पनि गरेको छ । महानगरले उक्त अभियानअन्तर्गत पहिलो चरणमा भेरेसेल खोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिसिल्डको खोप लगाउने योजना बनाएको छ ।

वीरगञ्ज महानगरले स्थापना गर्‍यो खोप भण्डार, नगर प्रमुखले गरे उद्घाटन

मंसिर ५, वीरगञ्ज  । वीरगञ्ज माहानगरपालिकाले खोप भण्डार स्थापना गरेको छ ।  बालबालिकाहरुलाई लगाइने नियमित खोप र कोभिडविरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डार स्थापना गरेको हो । महानगरका प्रमुख विजयकुमार सरावगीले शनिवार खोप भण्डारको उद्घाटन गरेका छन् । खोप भण्डार स्थापनासँगै अब महानगरवासीलाई आवश्यक खोप व्यवस्थापन सहज भएको सरावगीले बताए ।  भण्डार सञ्चालनमा आएकाले महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने दाबी उनले गरे । खोप सहज रुपमा उपलब्ध हुने महानगरले बताएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गनुपर्ने बाध्यता थियो ।  एउटा खोप चिसो बनाइराख्ने रेफ्रिजेरेटर, १००ओटा आइसप्याक फ्रिजर, १६ ओटा भ्याक्सिन क्यारियर, सात ओटा कोल्ड बक्सलगायतका उपकरणहरू महानगरपालिकामा उपलब्ध स्वास्थ्य संयोजक रितेश जयसवालले जानकारी दिए ।