वीरगञ्ज महानगरले स्थापना गर्‍यो खोप भण्डार, नगर प्रमुखले गरे उद्घाटन

मंसिर ५, वीरगञ्ज  । वीरगञ्ज माहानगरपालिकाले खोप भण्डार स्थापना गरेको छ ।  बालबालिकाहरुलाई लगाइने नियमित खोप र कोभिडविरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डार स्थापना गरेको हो । महानगरका प्रमुख विजयकुमार सरावगीले शनिवार खोप भण्डारको उद्घाटन गरेका छन् । खोप भण्डार स्थापनासँगै अब महानगरवासीलाई आवश्यक खोप व्यवस्थापन सहज भएको सरावगीले बताए ।  भण्डार सञ्चालनमा आएकाले महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने दाबी उनले गरे । खोप सहज रुपमा उपलब्ध हुने महानगरले बताएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गनुपर्ने बाध्यता थियो ।  एउटा खोप चिसो बनाइराख्ने रेफ्रिजेरेटर, १००ओटा आइसप्याक फ्रिजर, १६ ओटा भ्याक्सिन क्यारियर, सात ओटा कोल्ड बक्सलगायतका उपकरणहरू महानगरपालिकामा उपलब्ध स्वास्थ्य संयोजक रितेश जयसवालले जानकारी दिए ।