दोलखामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो

चरिकोट– दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो  हुन पुगेको छ ।  दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणामअनुसार कांग्रेस तीन पालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ । त्यसैगरी दुई पालिकाका प्रमुख, पाँच उपप्रमुख र २३ […]

सम्बन्धित सामग्री

कांग्रेस रणनीति : रास्वपामा टेकेर माओवादी तर्साउने, एमाले फकाउने !

काठमाडौँ : ‘भोलि नेपाली कांग्रेस र नेकपा एमाले मिले भने तपाईँको हालत के होला ?’ सत्ता समीकरण परिवर्तनपछि कांग्रेस नेताहरूले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक-पटक सोधेको प्रश्न हो यो। नयाँ समीकरण बनेको तीन दिनपछि २४ फागुनमा बसेको प्रतिनिधिसभा बैठकमा पहिलोपटक कांग्रेसले प्रचण्डलाई झस्काउने यो प्रश्न सोधेको थियो। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका तर्फबाट धारणा राख्दै भनेका थिए, ‘उहाँहरू (एमाले)ले पनि पटक-पटक धोका भएको भन्नुभए

कांग्रेस एमाले माओवादी र समाजवादीकाे चार दलीय गठबन्धन राप्रपासँग पराजित

साँखु – साँखु खानेपानी उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा कांग्रेस एमाले माओवादी केन्द्र र एकीकृत समाजवादीको चार दलीय गठबन्धन राप्रपासँग पराजित भएको छ। ११ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भएको साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमितिको चुनावमा चार दल र राप्रपाभित्रकै एउटा समूह मिल्दा पनि राप्रपासँग लज्जास्पद हार व्यहोरेका हुन्। अध्यक्षसहित कार्यसमितिका ११ […]

चितवनमा कांग्रेस, एमाले र माओवादी ‘किक आउट’, उदायो रविको पार्टी

चितवनका प्रतिनिधिसभाका तीन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले चुनाव जित्न सकेनन् । अर्थात् चितवनबाट यसपटक प्रमुख तीन दल 'किक आउट' भएका छन् ।

गण्डकीमा गठबन्धनको आडले कांग्रेस ठूलो दल, खुम्चियो माओवादी

कांग्रेस पहिलो शक्ति बन्ने पक्का भएको छ । अबको संसदमा नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्ति हुने छन् । २०७४ सालमा नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो शक्ति थिए ।

बैतडी जिससमा कांग्रेस-माओवादी गठबन्धन, एमाले अल्पमतमा

बैतडी : जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धन हुने भएको छ। समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो। कांग्रेस र माओवादीको गठबन्धनमा स्वतन्त्रलाई पनि सहभागी गराइने भएको छ। सहमतिअनुसार प्रमुख  कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।  नौ सदस्य समितिमा कांग्रेसले प्रमुख पदसहित २ जना खुला सदस्य, २ जना महिला सदस्य र माओवादी केन्द्रले उपप्रमुख पदसहित एक

प्रमुख र उपप्रमुख जित्नेमा कांग्रेस पहिलो, दोस्रो एमाले र तेस्रोमा माओवादी

सोमबार साँझसम्म प्राप्त अन्तिम नतिजाअनुसार मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्ष पद जित्नेमा सत्तारुढ गठबन्धन दलमध्येको ठूलो दल नेपाली कांग्रेस पहिलो र दोस्रोमा प्रमुख प्रतिपक्ष नेकपा एमाले छ। तेस्रोमा माओवादी केन्द्र देखिएको छ।...

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

१८ वैशाख, रोल्पा । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले थुप्रै पालिकाहरुमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका छन् । तर रोल्पामा ठीक उल्टो भएको छ । माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले समेत गठबन्धन गरेको छ । सुनछहरी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन छ भने थवाङ, माडी र त्रिवेणी […]

कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन् : लिङ्देन

२१ चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको बताएका छन् । राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको […]