कांग्रेस रणनीति : रास्वपामा टेकेर माओवादी तर्साउने, एमाले फकाउने !

काठमाडौँ : ‘भोलि नेपाली कांग्रेस र नेकपा एमाले मिले भने तपाईँको हालत के होला ?’ सत्ता समीकरण परिवर्तनपछि कांग्रेस नेताहरूले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पटक-पटक सोधेको प्रश्न हो यो। नयाँ समीकरण बनेको तीन दिनपछि २४ फागुनमा बसेको प्रतिनिधिसभा बैठकमा पहिलोपटक कांग्रेसले प्रचण्डलाई झस्काउने यो प्रश्न सोधेको थियो। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका तर्फबाट धारणा राख्दै भनेका थिए, ‘उहाँहरू (एमाले)ले पनि पटक-पटक धोका भएको भन्नुभए