मण्डला नाटकघरमा खुवालुङ

मण्डला नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन सुरु भएको छ । ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढुङ्गा हो । ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । ‘खुवालुङ’बारे जति धेरै कथाहरू छन् ती सबै आ–आफ्नै लय पयहरूमा छन् । मौखिक रूपमा भनिँदै आउँदा तिनका आ–आफ्नै तौरतरिकाहरू बनेका छन् ।

सम्बन्धित सामग्री

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका चर्चाको केन्द्रमा थियो, चलन चल्तीको शब्दमा पानीढुंगा अर्थात ‘खुवालुङ’ । तर पछिल्लो समय गुमनाम जस्तै बनेको ‘खुवालुङ’ फेरि एक पटक चर्चामा आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको मन्त्रिपरिषद्ले मंगलबार ‘खुवालुङ’ संरक्षण गर्ने निर्णय गरेपछि ‘खुवालुङ’ चर्चामा आएको हो । प्रदेश राजधानी कायम भएपछि […]

सोमबारदेखि धरानमा नाटक खुवालुङ मञ्चन हुने

काठमाण्डौंमा सफलतापुर्वक ४२ पटक मञ्चन भएको नाटक खुवालुङ सोमबारदेखि धरानमा पनि मञ्चन हुने भएको छ।...

नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ सम्म मञ्चन हुने

काठमाडौं । नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ गतेसम्म मञ्चन हुने भएको छ । मण्डला नाटकघर थापागाउँमा साउन ६ गतेदेखि २९ गतेसम्म मात्र मञ्चन हुने भनिएको नाटक दर्शकको माग अत्यधिक भएपछि भदौ ११ गतेसम्म मञ्चन हुने भएको हो । नाटक अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीमा रहेको किरात समुदायले आस्था र विश्वासको रुपमा लिने ‘खुवालुङ […]

‘खुवालुङ : ढुंगाको बाटो’ मञ्चन हुँदै

काठमाडौँ– पछिल्लो समय रङ्गमञ्चमा नाटकहरू धमाधम मञ्चन भैरहेका छन् । यसैक्रममा किरात समुदायको सभ्यताको प्रतीक मानिने चर्चित खुवालुङमा आधारित रहेर नाटक खुवालुङ  ढुंगाको बाटो’  मञ्चन हुने भएको छ । सुनकोशी, अरुण र तमोर नदीको त्रिवेणीमा रहेको खुवालुङ ढुंगाको सभ्यतालाई लिएर रहेको मिथक र पछिल्लो समय भएको राजनीतिकरणलाई चित्रण गर्ने नाटकलाई किरण चाम्लिङ राईले निर्देशन गर्दैछन् […]

खुवालुङ ढुंगा संरक्षण गरेर जलमार्ग बनाउछौं : मन्त्री नेम्वाङ

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने योजना रहेको बताएका छन्। आज मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने, “खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजियो। तर ढुङ्गाको संरक्षण गर्ने सरकारको नीति रहेकाले विवाद गर्नुपर्ने ठाउँ छैन।”

‘खुवालुङ’ ढुंगा मात्र हैन, संरक्षण गरिन्छ, फुटाउने छैनौं : मुख्यमन्त्री राई

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ ढंगा फुटाउने कुनै योजना र छलफल नभएको बताएका छन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै मुख्यमन्त्री राईले भने,“किराँती पहिचान र मुन्धुमसँग जोडिने खुवालुङ ढुंगा मात्रै हैन। यो किराँतीको पहिचान र सभ्यतासँग जोडिन्छ। त्यसैले खुवालुङको संरक्षण गरिन्छ, फुटाउने छैनौं।” खुवालुङ संरक्षणका लागि जलमार्गको रुट परिवर्तन गरिसकेको उनले बताए।

खुवालुङ : केन्द्रले हटाउने, प्रदेशले बचाउने !

२८ जेठ, काठमाडौं । ८ फागुनमा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरे । किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको आस्थाको केन्द्रमाथिको नांगो प्रहार भन्दै सरोकारवाला निकायले यसको विरोध पनि गरेका छन् । तर प्रधानमन्त्री भने विरोधकाबीच […]

रिहा भए खुवालुङ संरक्षणका अभियन्ता

खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई शुक्रबार प्रहरीले छोडेको छ

खुवालुङ संरक्षणका अभियन्ता पक्राउ

प्रहरीले खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई पक्राउ गरेको छ