निर्वाचनमा मतदान गर्न गाउँ फर्केनहरूको उत्साह !

वैशाख २८, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो । काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् । काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् । गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राती १२ बजेसम्म करीब ६० हजार मतदाता गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।   बुधवार यो संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । शुक्रवार मतदान हुने भएकाले टाढा जाने मतदाताहरू बुधवार नै घर फर्किने छन् । काठमाडौं वरिपरिका जिल्लामा जाने मतदाता भने बिहीवारसम्म घर जाने तयारीमा छन् ।

सम्बन्धित सामग्री

माझी बस्तीमा आशा न उत्साह

८ कात्तिक, पर्वत । पोखरा बेनी सडक खण्डको मालढुंगामा ठूलो पहाडमुनि कालीगण्डकीको किनारमै एउटा बस्ती छ- माझी बस्ती । १५० परिवार बसोवास गर्ने यो बस्तीमा तीन सय हाराहारीमा मतदाता छन् । जिल्लामा राजनीतिक दलका नेता तथा कार्यकर्ता मंसिर ४ को चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै गाउँ घर घुमिरहँदा र गाउँ घरका मान्छे तिहारको […]

चार दशकदेखि एउटै चुनावी नारा

पर्साको महादेवपट्टी गाउँमा स्थानीय तह चुनावको उत्साह फैलिएको छ । २०३६ सालको जनमत संग्रहमा बहुदल र निर्दलका पक्षमा मतदान गरेको पुस्ता अहिले पनि भोट हालेर प्रतिनिधि चुन्ने गन्थनमा छ । यतिका वर्षसम्म न गाउँ फेरिएको छ, न गाउँपालिकामा उम्मेदवार बनेका विभिन्न दलका नारा ।