कांग्रेस बैठकमा प्रधानमन्त्री देउवाले भने– एमसीसी पास हुनुपर्छ

३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी […]

सम्बन्धित सामग्री

‘अब एमसीसी पास हुन्छ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार)को बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् । संसदबाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले अब एमसीसी के हुन्छ ? भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’ सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको […]

एमसीसी पास-फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं […]

एमसीसी पास पनि हुनसक्छ, फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास या फेल जे पनि हुनसक्ने बताएका छन् । एमसीसी देशको हितमा रहेकोले पारित गर्नुपर्ने कांग्रेसको धारणा रहेको समेत उनले बताए ।  कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक लोकार्पण गर्न बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले एमसीसी पास या फेल हुने सम्भावना बराबर रहेको बताएका हुन् ।  कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्नु पर्ने भन्दै कांग्रेस एमसीसीको पक्षमा रहेको बताए ...

काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताएका हुन् । महामन्त्री थापाले भने, ‘काँग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा […]

माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न

वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गराउन लागि परेका वेला सत्ता साझेदार दलका अर्का नेता माधव कुमार नेपालले एमसीसी पास गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले एमसीसी पास नसकिने बताएका हुन् । ‘एमसीसीलाई आँखा चिम्लेर पास गर्न सकिदैन ।’ एकिकृत समाजवादी पार्टीका अध्यक्ष […] The post माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवासँग प्रचण्ड र नेपालको प्रश्न- गठबन्धन तोडेर एमसीसी पास गर्ने तयारी हो ?

सत्ता गठबन्धनका मुख्य साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका छन् ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रश्न गरेका हुन् ।  देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार मध्यान्ह बालुवाटार पुगेका थिए । भेटमा मुख्यतः एमसीसी अनुमोदनमा देउवाको अतिरिक्त सक्रियताबारे प्रचण्ड र ने...

एमसीसी पास गर्छु भनेर चिठ्ठी लेखेको छैन् : प्रचण्ड

काठमाडौं, १९ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी पास गर्छौं भनेर आफूहरुले अमेरिकालाई पत्र नपठाएको स्पष्ट पारेका छन् । दाहालले आफुहरुले एमसीसी पास गर्ने भनेर चिठ्ठी नपठाएको दाबी गरे । कृष्ण कँडेलको नेतृत्वमा देउसी–भैलो खेल्न पुगेको टोलीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘प्रधानमन्त्री […]

एमसीसी पास गर्ने जिम्मा हाम्रो होइन : ओली

एमाले अध्यक्ष केपी ओलीले एमसीसी पास गर्ने जिम्मा आफुहरुको नभएको बताएका छन् । बुधबार पार्टीका सांसदहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमसीसी आफुहरुले सम्झौता समेत नगरेकाले अध्ययनपछि मात्रै पार्टी निर्णयमा पुग्ने बताएका हुन् ।‘एमसीसी अहिले छलफल र डिबेटको रुपमा आएको छ । त्यसलाई छलफलमा जान दिउ न ! दलहरूलाई धारणा बनाउन दिऊ, तर्कहरु गर्न दिउ, अर्को कुरा यो पास गर्ने जिम्मा पनि हाम्रो होइन’ ओलीले भने, ‘यो सन्धि हामीले गरेको पनि होइन र यो अभिभारा अहिले हाम्रो काँधमा प