झापाको कन्काई नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटना परेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका ६ बस्ने ३३ वर्षीय सन्तोष राई र सोही स्थान बस्ने अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । बुधबार साँझ सो राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बस र विपरित दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।दुर्घटनामा घाइते भएका सन्तोष र चन्द्रबहादुरलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको