मोरङ । प्रदेश १ को नेकपा एमालेले प्रदेश नामकरणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । एमाले संसदीय दलको बिहीबारको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरण समिति बनाएको हो । समितिको सदस्यमा जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई रहेको एमालेले जनाएको छ ।