वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना दर्ता भएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानका क्रममा प्रहरीले चालु मुद्दाका १२० जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका घटनामध्ये सामाजिक अपराधका ६१, सङ्गठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ, बालबालिकासम्बन्धी छ, सवारी ज्यानसम्बन्धी दुई र अन्य प्रकृतिका […]
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ । सो सम्मेलनलाई […]
दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्। सार्वजनिक यातायातको कमी हुने समयमा दुवै सुरक्षा निकायले यात्रुको आवागमन सहज बनाउन सेवा दिएका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेका तीनवटा सवारीसाधनबाट दुई दिनमा एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा […]
दसैँको टीकापछिका तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। पश्चिमी वायुको आंशिक प्रभाव कायम रहे पनि सीमित हिमाली तथा पहाडी स्थानमा मात्रै हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहीबार देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। […]
५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो ।
अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान …