पर्यटकको दैनिक खर्च र बसाइ अवधि बढ्यो

कोभिड–१९ का कारण पर्यटक आगमन शून्यप्रायः भए पनि नेपालमा पर्यटकले गर्ने खर्च र बसाइ अवधि भने बढेकोे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको सन् २०२० को तथ्यांकअनुसार औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको छ ।सन् २०१९ को तुलनामा प्रतिपर्यटक खर्च ३६ प्रतिशत बढी हो […]

सम्बन्धित सामग्री

जीडीपीमा पर्यटनको योगदान

नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सन् २०२१ मा साह्रै न्यू्न रहेको देखिन्छ । ‘द ग्लोबल इकोनोमी डट कम’ले सन् २०२१ को अध्ययन प्रतिवेदनअनुसार सन् २०२० मा नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्रै रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानको आधारमा नेपाल अठासीऔं नम्बरमा रहेको देखिन्छ । ग्लोबल इकोनोमीको सन् २०२१ को प्रतिवेदन अनुसार अरुबा भन्ने सानो टापुका रूपमा रहेको देश कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१ दशमलव २६ प्रतिशतसहित पहिलो नम्बरमा रहेको देखिन्छ । त्यस्तै सार्क क्षेत्रको माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७ दशमलव ६१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढी पर्यटन क्षेत्रको योगदान भएको देशमध्ये भूगोलका आधारमा धेरै सानो देश बहामास परेको छ । स्मरणीय छ, बहामासको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० दशमलव ३८ प्रतिशत रहेको छ । यो तथ्यांक नेपालका पर्यटन व्यवसायी, सरकार र सरोकारवालाहरूका लागि मननीय देखिन्छ । त्यसो त कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रबाट ५ प्रतिशतभन्दा धेरै योगदान गरेका अन्य देशमा केप भर्डे, कतार, टोंगा, क्रोशिया, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडा, अल्बानिया, लेबनान, भानुअतु, युनाइटेड अरब इमिरेट्स (यूएई), लक्जेम्बर्ग र फिजी रहेका छन् । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०१८ घटेर ४४ अमेरिकी डलर पुगेको थियो । यता हाम्रो देश नेपालमा चाहिँ वर्षैपिच्छे पर्यटन क्षेत्रले दिएको योगदानको यस्तो छुट्टै र भरपर्दो तथ्यांक भएको पाइँदैन । पछिल्लोपटक नेपालमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानको केकति रहेको छ ? त्यस सम्बन्धमा विस्तृतमा अध्ययन गरेर निकालिएको तथ्यांक आइसकेको छैन । विगत ११ वर्षमा पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदान हेर्दा कम्तीमा पनि १ दशमलव ५ प्रतिशतदेखि (आर्थिक वर्ष २०६२–०६३) र बढीमा ३ दशमलव ४ प्रतिशतसम्म (आर्थिक वर्ष २०६०–०६१) रहेको देखिन्छ । बीचका कुनैकुनै वर्ष १ दशमलव ५ प्रतिशतदेखि १ दशमलव ८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७१–०७२ मा चाहिँ १ दशमलव ६ देखि १ दशमलव ७ पुग्ने अनुमान गरिएको थियो । साथै त्यसबीचका आर्थिक वर्षहरूमा जस्तै आर्थिक वर्ष २०५९–०६० मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६६–०६७ मा कुल गार्हस्थ्य उत्पादनमा ४ दशमलव ४ प्रतिशत योगदान रहेको देखिन्छ । भनिन्छ, कुनै बेला नेपाली पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ११–१२ प्रतिशतसम्म योगदान दिएको थियो । पछिल्लो पटकको तथ्यांक हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान साँच्चै नगण्य नै देखिन्छ । अब लागौं, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ अवधिबारे । गत ५ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि सन् २०१७ मा १२ दशमलव ६ दिन रहेको देखिन्छ । त्यसैगरी सन् २०१८ मा विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि १२ दशमलव ४ दिन रहेको थियो । सन् २०१९ मा औसत बसाइ १२ दशमलव ४ दिन नै रहेको देखिन्छ । त्यस्तै गरेर सन् २०२० मा पर्यटकको औसत नेपाल बसाइ अवधि बढेर प्रतिव्यक्ति प्रतिदिन १५ दशमलव १ दिन पुगेको थियो । सन् २०२१ मा चाहिँ अहिलेसम्मकै धेरै भएको तथ्यांक रहेको छ । स्मरण रहोस्, सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको बसाइ अवधि १५ दशमलव ५ दिन रहेको छ । त्यस्तै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको पाँचवर्षे अवधिको प्रतिव्यक्ति प्रतिदिन खर्च गराइको अनुपात हेर्दा सन् २०१७ मा विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए । सन् २०१८ मा त्यो अंक घटेर प्रतिदिन प्रतिपर्यटक औसत खर्च ४४ अमेरिकी डलर रहेको थियो । त्यस्तै सन् २०१९ मा २ डलर बढेर ४८ डलर पुगेको थियो । सन् २०२० मा चाहिँ कल्पनै गर्न नसकिने गरी नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च बढेको थियो । उक्त वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसतमा ६५ अमेरिकी डलर खर्च गरेका थिए । स्मरणीय छ, यो नै हालसम्म नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले औसतमा धेरै खर्च गरेको तथ्यांक हो । उता सन् २०२१ मा फेरि ठूलो कमी आयो । अर्थात् १७ डलरका दरले दैनिक खर्च घट्यो । किनभने सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए । समय क्रमअनुसार डलर सटही र महँगीलगायत कारणले गर्दा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा वर्षैपिच्छे बढ्दै जानुपर्ने हो । सरकारले पर्यटकको नेपाल बसाइको अवधि र खर्च बढाउने भन्ने नीति लिए पनि यसमा खासै सुधार आएको देखिँदैन । एक त गुणस्तरीय पर्यटकको आगमन उल्लेख्य बढिरहेको छैन भने अर्कातिर पर्यटकले खर्च गर्ने सेवा पनि नेपालमा पर्याप्त उपलब्ध छैन । त्यसैले गुणस्तरीय पर्यटक ल्याएर पर्यटकीय प्रडक्ट बढाउन सकियो भने नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिन्छ । नेपालमा पर्यटनको सम्भावना जति नै छ भने पनि त्यस अवसरलाई उपयोग गर्न नसक्ने हो भने यो अर्थहीन हुन सक्छ । अतः भौतिक पूर्वाधारको निर्माण बढाएर गुणस्तरीय पर्यटनमा लाग्नुपर्ने देखिन्छ ।   लेखक पर्यटन व्यवसायी हुन् ।

पर्यटकले गर्ने खर्च घट्यो, बसाइ अवधि बढ्यो

कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ । सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

पर्यटकले गर्ने खर्च घट्यो बसाइ अवधि बढ्यो

काठमाडौं । कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भएपनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ । सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम । संस्कृति , पर्यटन […]

पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो

कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ। आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२२ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ। सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको थियो । २०२१ मा बसाइ अवधि वृद्धि भएर १५.५ दिन पुगेको छ। तर पर्यटकले गर्ने

पर्यटक घटे पनि आम्दानी बढ्यो

नेपालको मात्रै नभएर विश्व पर्यटनको कुरो गर्दा सन् २०२० र २०२१ (२ वर्ष) नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि मात्रै नभएर विश्वभरिका देशका पर्यटन व्यवसायी र सरकारका लागि पनि साह्रै नमीठो अनुभव रह्यो, अनुभव गर्नुपर्‍यो पर्यटन क्षेत्रमा । त्यसो हुनुमा सन् २०१९ को डिसेम्बर अन्तिम ताका नेपालको छिमकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको नोभेल कोरोना भाइरस फैलनु नै मुख्य कारण रह्यो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । नेपाली पर्यटनको संख्याको कुरो गर्दा सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२१ मा १ लाख ४९ हजार ८३३ विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यो भनेको सन् २०२० को तुलनामा ३४ दशमलव ९ कम हो । सन् २०१९ सन् मा ११ लाख ९७ हजार १९१ (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटन आगमनको तथ्यांक हेर्दा सन् २००२ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताबमा उल्लेख भएअनुसार सन् १९६५/६६ सम्ममा नेपालमा जम्मा ९ हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि सन् १९६९/७० को ४ वर्षको अवधिमा ४ डबलभन्दा बढी अर्थात् ३९ हजार ६६० जना विदेशीहरूले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७/०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक १ लाख नाघ्न थालेको देखिन्छ । सन् १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरूले नेपालमा पर्यटकको रूपमा भ्रमण गरेको तथ्यांक देखिन्छ । यसरी हामीले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्यात्मक तथ्यांक हेर्दा सामान्य ढंगले वर्षैपिच्छे बढेको देखिन्छ । तर, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने गरेको दैनिक खर्चको तथ्यांक हेर्दा भने जुन ढंगले बढ्नुपर्ने हो, त्यसअनुसार बढेको देखिँदैन । सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण धेरै कम संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएको भए तापनि यी दुवै वर्ष नेपाल भ्रमण गर्न आएका पर्यटकले गरेको प्रतिव्यक्ति प्रतिदिन दैनिक खर्च भने बढेको देखिएको छ जुन हाम्रा लागि सुखद समाचार हो । सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकबाट सन् २०२० मा समग्रमा २ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गर्न सफल भएको थियो भने सन् २०२१ मा २ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा नेपाल सरकारले पर्यटन क्षेत्रबाट आमदानी गरेको छ । यसरी हेर्दा पर्यटन क्षेत्रबाट भएको यो आम्दानी तुलनात्मक रूपमा हेर्दा सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका पर्यटककले गरेको खर्चको तुलना गर्दा ७५ देखि ७७/८८/८० प्रतिशतले बढी आम्दानी भएको हो भन्ने भनाइ पर्यटन विज्ञहरूको रहेको छ । सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो पर्यटन क्षेत्रबाट । नेपालको मात्रै नभएर विश्वकै पर्यटन उद्योग र पर्यटनसँग सम्बद्ध व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भनेको सन् २०१९ को डिसेम्बर अन्तिम ताका वुहानबाट पैmलन शुरू भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो । यही कारण सन् २०२० मा विश्वभरि पर्यटकको संख्या ८१ प्रतिशतले घटेको थियो । त्यस्तै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या त अझ बढी (लगभग ८३/८४ प्रतिशत) ले घटेको थियो । नेपालले सन् २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । त्यस्तै पर्यटन विभागले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२० नामक किताब’मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५ दशमलव १ दिन जो छ, त्यसलाई पनि बढाएर कम्तीमा १६ दिन कटाउने प्रयास हामीले गर्नुपर्ने देखिन्छ । त्यस्तै, प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ पनि ६५ अमेरिकी डलरबाट ७५ डलर जति पुर्‍याउने प्रयास गर्नुपर्ने देखिन्छ । हाल सबै देशका आम सर्वसाधारणबीच त्राहि माम् त्राहि माम्को अवस्थामा रहेको कोरोनाको महामारी डेल्टा, ओमिक्रोन र नियोकोभले बिदा लिएर वा आफसे आफ अवस्था ठीक भएपछि निश्चय नै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तर बढ्ने आशा गरौं । कसरी हुन्छ हामीले नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या र गुणस्तर बढाउँदै सँगसँगै जान सकिन्छ ? त्यसतर्फ पहल गर्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।