पर्यटक घटे पनि आम्दानी बढ्यो

नेपालको मात्रै नभएर विश्व पर्यटनको कुरो गर्दा सन् २०२० र २०२१ (२ वर्ष) नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूका लागि मात्रै नभएर विश्वभरिका देशका पर्यटन व्यवसायी र सरकारका लागि पनि साह्रै नमीठो अनुभव रह्यो, अनुभव गर्नुपर्‍यो पर्यटन क्षेत्रमा । त्यसो हुनुमा सन् २०१९ को डिसेम्बर अन्तिम ताका नेपालको छिमकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलन शुरू भएको नोभेल कोरोना भाइरस फैलनु नै मुख्य कारण रह्यो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । नेपाली पर्यटनको संख्याको कुरो गर्दा सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०२१ मा १ लाख ४९ हजार ८३३ विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यो भनेको सन् २०२० को तुलनामा ३४ दशमलव ९ कम हो । सन् २०१९ सन् मा ११ लाख ९७ हजार १९१ (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटन आगमनको तथ्यांक हेर्दा सन् २००२ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक किताबमा उल्लेख भएअनुसार सन् १९६५/६६ सम्ममा नेपालमा जम्मा ९ हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि सन् १९६९/७० को ४ वर्षको अवधिमा ४ डबलभन्दा बढी अर्थात् ३९ हजार ६६० जना विदेशीहरूले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७/०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक १ लाख नाघ्न थालेको देखिन्छ । सन् १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरूले नेपालमा पर्यटकको रूपमा भ्रमण गरेको तथ्यांक देखिन्छ । यसरी हामीले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्यात्मक तथ्यांक हेर्दा सामान्य ढंगले वर्षैपिच्छे बढेको देखिन्छ । तर, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने गरेको दैनिक खर्चको तथ्यांक हेर्दा भने जुन ढंगले बढ्नुपर्ने हो, त्यसअनुसार बढेको देखिँदैन । सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण धेरै कम संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएको भए तापनि यी दुवै वर्ष नेपाल भ्रमण गर्न आएका पर्यटकले गरेको प्रतिव्यक्ति प्रतिदिन दैनिक खर्च भने बढेको देखिएको छ जुन हाम्रा लागि सुखद समाचार हो । सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकबाट सन् २०२० मा समग्रमा २ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गर्न सफल भएको थियो भने सन् २०२१ मा २ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा नेपाल सरकारले पर्यटन क्षेत्रबाट आमदानी गरेको छ । यसरी हेर्दा पर्यटन क्षेत्रबाट भएको यो आम्दानी तुलनात्मक रूपमा हेर्दा सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका पर्यटककले गरेको खर्चको तुलना गर्दा ७५ देखि ७७/८८/८० प्रतिशतले बढी आम्दानी भएको हो भन्ने भनाइ पर्यटन विज्ञहरूको रहेको छ । सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आमदानी गरेको थियो पर्यटन क्षेत्रबाट । नेपालको मात्रै नभएर विश्वकै पर्यटन उद्योग र पर्यटनसँग सम्बद्ध व्यवसाय धरमरमा रहेको अवस्था हो । यसको मुख्य कारण भनेको सन् २०१९ को डिसेम्बर अन्तिम ताका वुहानबाट पैmलन शुरू भएको ‘नोभेल कोरोनाभाइरस’ को महामारी नै हो । यही कारण सन् २०२० मा विश्वभरि पर्यटकको संख्या ८१ प्रतिशतले घटेको थियो । त्यस्तै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या त अझ बढी (लगभग ८३/८४ प्रतिशत) ले घटेको थियो । नेपालले सन् २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना र सन् २०२१ म एक लाख ४९ हजार ८३३ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि चालू आर्थिक वर्षमा कम्तीमा ३ लाख पुर्‍याउने लक्ष्य लिनुपर्ने देखिन्छ । त्यस्तै पर्यटन विभागले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२० नामक किताब’मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५ दशमलव १ दिन जो छ, त्यसलाई पनि बढाएर कम्तीमा १६ दिन कटाउने प्रयास हामीले गर्नुपर्ने देखिन्छ । त्यस्तै, प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ पनि ६५ अमेरिकी डलरबाट ७५ डलर जति पुर्‍याउने प्रयास गर्नुपर्ने देखिन्छ । हाल सबै देशका आम सर्वसाधारणबीच त्राहि माम् त्राहि माम्को अवस्थामा रहेको कोरोनाको महामारी डेल्टा, ओमिक्रोन र नियोकोभले बिदा लिएर वा आफसे आफ अवस्था ठीक भएपछि निश्चय नै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तर बढ्ने आशा गरौं । कसरी हुन्छ हामीले नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या र गुणस्तर बढाउँदै सँगसँगै जान सकिन्छ ? त्यसतर्फ पहल गर्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

सम्बन्धित सामग्री

बचतमा आयो शोधनान्तर स्थिति

काठमाडौं । मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) बचतमा आएको छ । गत आर्थिक वर्ष (अब) को अन्त्य अर्थात् असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति रू. १ अर्ब २३ करोडले बचतमा आएको हो । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको गत आवको मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा शोधनान्तर स्थितिमा रू. २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा थियो । तर, जेठ मसान्तसम्म शोधनान्तर रू. १५ अर्ब १५ करोडले घाटामा गएको थियो । असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति पुनः बचतमा आएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले असारमसान्तसम्म शोधनान्तर स्थिति बचतमा आएको बताए । ‘गत जेठसम्म आउँदा शोधनान्तर स्थिति घाटामा गएको थियो । तर, त्यो एकदम कम थियो,’ उनले भने, ‘शोधनान्तर घाटा कम हुँदा तत्काल बचतमा पुगेको हो ।’ गत आवको आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले मुलुकको समग्र वित्तीय स्थिति सकारात्मक देखिएको छ । कोरोना महामारीका बीच पनि गत आवको वित्तीय स्थिति सन्तोषजनक रहेको ढकालले बताए । गत आवमा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) प्रक्षेपणभन्दा कम देखिएको छ । राष्ट्र बैंकले गत आवमा उपभोक्ता मुद्रास्फीति औसतमा ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गर्ने बताएको थियो । तर, गत आवमा वार्षिक औसत मुद्रास्फीति ३ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो आवमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १५ प्रतिशत रहेको थियो । चालू आवमा उपभोक्ता मुद्रास्फीति औसत ६ दशमलव ५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिइएको छ । २०७८ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । २०७७ असारमा यस्तो मुद्रास्फीति ४ दशमलव ७८ प्रतिशत रहेको थियो । गत आवमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७ दशमलव ५४ प्रतिशत, १० दशमलव ६५ प्रतिशत, ९ दशलव ८३ प्रतिशत र ६ दशमलव ४१ प्रतिशत रहेको छ । गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त समूहको मुद्रास्फीति ८ दशमलव १६ प्रतिशत रहेको थियो । गत आवको अन्त्यसम्म आउँदा चालू खाता घाटा बढेर रू. ३ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्ष चालू खाता रू. ३३ अर्ब ७६ करोड घाटमा थियो । मङ्सिरबाट घाटामा जान थालेका चालू खाता असारसम्म आउँदा ≈वात्तै बढेको हो । पछिल्लो समय चालू खाता घाटा चुलिँदै गएको तथ्यांकले देखाएको छ । गत आवमा प्रत्यक्ष वैदेशिक लगानी शून्य दशमलव २ प्रतिशतले बढेको छ । गत आवमा रू. १९ अर्ब ५१ करोड बैदशिक लगानी आएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आवमा रू. १९ अर्ब ४८ करोड वैदेशिक लगानी आएको थियो । गत आवमा विदेशी विनिमय सञ्चिति शून्य दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो आवमा रू.१४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । तर, गत आवमा त्यो घटेर रू. १३ खर्ब ९९ अर्ब ३ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका कार्यकारी निर्देशन ढकालले विदेशी सञ्चिति घटे पनि आत्तिनुपर्ने अवस्था नभएको बताए । ‘उक्त विदेशी विनिमय सञ्चितिले १० महीनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पुग्छ । त्यसैले हामी यस मामलामा कन्फर्ट जोनमा नै छौं,’ उनले भने । यस्तै, गत आवमा विदेशी पर्यटनमार्फत हुने आम्दानी (भ्रमण आय) ८८ दशमलव १० प्रतिशतले घटेको छ । अघिल्लो आवमा विदेशी पर्यटकमार्फत रू. ६० अर्ब ८९ करोड आम्दानी भएको थियो । तर, गत आवमा रू. ७ अर्ब २७ करोड यस्तो आम्दानी भएको छ । कोरोना महामारीका कारण विदेशी पर्यटक आउन नसक्दा आम्दानी घटेको हो । यस्तै, नेपालीहरूले विदेश भ्रमणमा गर्ने खर्च पनि घटेको देखिएको छ । गत आवमा भ्रमण व्यय ३८ दशमलव ३ प्रतिशतले कमी आई रू. ३२ अर्ब ८० करोड कायम भएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये शिक्षातर्फको व्यय रू. २४ अर्ब ९६ करोड रहेको तथ्यांकमा उल्लेख छ । अघिल्लो आवमा भ्रमण व्यय रू. ५३ अर्ब १४ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. २५ अर्ब ८१ करोड रहेको थियो । यस्तै, गत आवमा विप्रेषण आप्रवाह करीब १० प्रतिशतले बढेको छ । गत आवमा रू ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण आएको छ । अघिल्लो आवमा भने विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेको थियो ।

कोरानाको असर जलविरे झरनामा : ३० लाख आम्दानी गुम्यो

साउन १६, चितवन । कोरोनाका कारण चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल जलवीरे झरनालाई ठूलो असर परेको छ । १२ महीना नै पर्यटक आउने यो झरनामा निषेधाज्ञाका कारण पर्यटक आउन सकेका छैनन् ।  चितवनको एकमात्र इच्छाकामना गाउँपालिकाको लागि यो राम्रो  आम्दानीको स्रोत थियो । मनकामना केबुलकार पछिकै आम्दानी गर्न सकिने पर्यटकीय गन्तव्य भए पनि विगत डेढ वर्षदेखि भने यहाँबाट हुने आम्दानी ठप्प बनेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् ।  उनका अनुसार जलवीरे झरनाबाट मात्रै हालसम्म करीब ३० लाख रूपैयाँभन्दा बढी आम्दानी गुमेको छ । ‘जाडोको सिजनमा नुहाउन त्यति पर्यटक नआएपनि अन्य महीनाहरुमा भिड हुन्थ्यो उनले भनिन्, कोरोनाले न पर्यटक आउँछन् न आम्दानी भएको छ ।’ गाउँपालिकाले यहाँ घुम्न आउने स्थानीयलाई प्रति व्यक्ति २० रुपैयाँ, बाह्य जिल्लाको आन्तरिक पर्यटकको लागि ३० र विदेशी पर्यटकको लागि ५० रुपैयाँ शुल्क तोकेको छ ।  गाउँपालिकाको तथ्यांकअनुसार गर्मीको समयमा दैनिक १० देखि १५ हजार जना यहाँ आउने गर्थे । लामो झरना अवलोकन गर्न र नुहाउनका लागि काठमाडौं, पोखरा लगायतका आन्तरिक पर्यटकहरुको भीड हुने गरेको गुरुङले बताइन् । ‘देशकै मुटु मुग्लिन भएर जाने बाटोमै पर्छ, उनले भनिन्, पूर्व पश्चिम जहाँका मानिस पनि रमाएर फर्किन सक्ने भए ।’  निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपहलमा वृद्धि निषेधाज्ञा खुकुलो हुँदै गएपछि र यातायातको आगमन बढ्दै गएपछि पछिल्ला दिनहरुमा पर्यटकहरु जलवीरे झरना जान थालेका छन् । गर्मी बढ्दै गए पनि निषेधाज्ञा जारी गरेपछि पूर्णरुपमा ठप्प भएको गाउँपालिकाले आधिकारिकरुपमा खुलाएको घोषणा नगरे पनि झरना आउनेलाई नरोकेकोले चहलपहल बढ्दै गएको हो । ‘त्यति साह्रै जोखिम र भिड पनि छैन, घुम्न आउनेलाई हामीले रोकेका छैनौं, गुरुङले भनिन्, सरकारको आदेश अनुसार औपचारिक रुपमा पछि खुल्ला ।’ अहिले कति पर्यटक घुम्न आए भनेर यकिन तथ्यांक नराखे पनि चहलपहल तुलनात्मकरुपमा बढ्दै गएको उनले बताइन् । गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या न्यून भए पनि जिल्लाको अन्य क्षेत्रमा अझै कम नभएको हुँदा औपचारिक रुपमा खुलाउने वातावरण नभएको उनले बताइन् । ‘अहिले पर्ख र हेरकै अवस्थामा छौं संक्रमण घटे खोल्नु पर्ला, बढ्यो भने बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ उनले भनिन्  कोरोनाको जोखिम घटेपछि थप व्यवस्थित गरेर पर्यटकको संख्या वृद्धि गर्ने योजना गाउँपालिकाको रहेको उनको भनाइ छ ।  हाल बाह्य पर्यटक शून्य जस्तै भएपनि यहाँ परिवारका सदस्य, पौडी खेल्ने केही समूह र चितवन जिल्ला भएर अन्य जिल्ला जाने पर्यटकहरु आएको उनले जानकारी दिइन् । झरनाको आकर्षण बढाउन गोलघर, रेलिङसहितको सिँढी बाटो र शौचालयको सुविधा सहितका संरचना निर्माण गरिएकोे छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

चितवन । कोरोना महामारी कारण चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक आधा घटेका छन् । निकुञ्ज कार्यालयको तथ्यांक अनुसार अघिल्लो आवमा कुल १ लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेकोमा गत आवमा यो संख्या घटेर ९२ हजार २०९ मा झरेको हो । कार्यालयका अनुसार अघिल्लो आवमा नेपाली महिला पुरुष गरी ८९ हजार ४४१ जनाले निकुञ्ज घुमेका थिए । यस्तै सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले निकुञ्ज घुमेका थिए । गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका छन् । यस्तै सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अघिल्लो वर्षदेखि फैलिएको कोरोनाका असर हालसम्म रहेको र कोरोनाको दोस्रो लहर हालसम्म नरोकिएकाले पर्यटकको संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष सिजनमा आउने पर्यटक आइहाले र त्यसपछि लकडाउन भयो,’ उनले भने, ‘अहिले पनि वैशाख दोस्रो हप्तादेखि निषेधाज्ञा जारी छ ।’ विशेषगरी सिजनमै निषेधाज्ञा भएको र पर्यटकलाई निकुञ्ज प्रवेशमा रोक लगाइएकाले पर्यटकको संख्या घटेको अधिकारीको भनाइ छ । ‘एक त बाहिरबाट पर्यटक आउन पाएनन्,’ उनले भने, ‘अर्कोतर्फ, आन्तरिक पर्यटकका लागि पनि निकुञ्ज खुला हुन पाएन ।’ लकडाउनका कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाखदेखि निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । आम्दानीमा पनि घट्यो अघिल्लो आवमा निकुञ्ज घुम्ने पर्यटकसँग लिइने शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा यस्तो शुल्क २ करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ मात्र उठाउन सकेको छ । निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आवमा १ करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेर १ करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी गरेको छ । सूचना अधिकारी सहायक संरक्षण अधिकृत अधिकारीले निकुञ्जको मुख्य आम्दानीको स्रोत नै पर्यटक शुल्क भएकाले पर्यटक नआउँदा र निषेधाज्ञाका कारण आम्दानीमा ठूलो असर परेको बताए । ‘हाम्रो मुख्य आम्दानीको स्रोत पर्यटक, तीमध्ये पनि विदेशी पर्यटक हुन्,’ उनले भने, ‘निकुञ्जको अन्य आम्दानी नदीजन्य पदार्थ उत्खनन शुल्क, ठेक्कापट्टा, दण्ड जरीवाना हो ।’

कोरोनाका कारण चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

साउन ७, चितवन । कोरोना कारण चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक आधा घटेका छन् ।  निकुञ्ज, कार्यालयले दिएको तथ्यांक अनुसार अघिल्लो आव ०७६/०७७ मा कुल १ लाख ८२ हजार ४३५ जनाले निकुञ्ज घुमेकोमा गत आव ०७७/०७८ मा यो संख्या घटेर ९२ हजार २०९ मा झरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा उक्त संख्यामा पर्यटक घटेका हुन् । कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका  १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले  निकुञ्ज घुमेका थिए ।  तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अघिल्लो वर्षबाट फैलिएको कोरोनाका असर हालसम्म रहेको र दोस्रो कोरोनाको लहर हालसम्म पनि नरोकिएकाले पर्यटकको संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष सिजनमा आउने पर्यटक आइहाले र लकडाउन भयो, उनले भने, अहिले पनि वैशाख दोस्रो हप्ताबाट निषेधाज्ञा चलिरहेको छ ।’ विशेषगरी सिजनमै निषेधाज्ञा भएको र पर्यटकलाई  निकुञ्ज प्रवेशमा रोक लगाइएकोले पर्यटकको संख्या कमी भएको अधिकारीको भनाइ छ । ‘एक त बाहिरबाट पर्यटक आउन पाएनन्, उनले भने, आन्तरिक पर्यटकको लागि पनि निकुञ्ज खुल्ला हुन पाएन ।’  लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाईएको थियो भने गत वैशाखदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ ।  आम्दानीमा भारी गिरावट अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क  आम्दानी घटेर २ करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ संकलन भएको छ ।  निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आर्थिक वर्षमा १ करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । जस अनुसार ती क्षेत्रबाट  १ करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी गरेको छ ।  सूचना अधिकारी सहायक संरक्षण अधिकृत अधिकारीले निकुञ्जको मुख्य आम्दानीको स्रोत नै पर्यटक शुल्क भएकोले पर्यटक नआउँदा र निषेधाज्ञाका कारण आम्दानीमा ठूलो असर परेको बताए । ‘हाम्रो मुख्य आम्दानीको स्रोत पर्यटकनै हुन्, त्यसमध्ये पनि विदेशी पर्यटक उनले भने, अन्य निकुञ्जको आम्दानी भनेको नदीजन्य पदार्थ उत्खनन शुल्क, ठेक्कापट्टा, दण्ड जरीवाना हुन् ।’