बजेटको मध्यावधि समीक्षा

अर्थ मन्त्रालय चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षामा जुटेको छ । बजेटको कार्यान्वयन कति भयो र किन भएन आदि विषयमा समीक्षा हुनुपर्नेमा सामान्यतया विगतका आवका समीक्षा हेर्दा बजेटको आकार घटाउने गरिएको छ । चालू आवमा पनि त्यस्तै हुने सम्भावना देखिन्छ । चालू आवमा बजेट कार्यान्वयन ज्यादै कम छ । आधा आव बितिसक्दा पनि ३५ प्रतिशतमात्रै कुल बजेट खर्च भएको छ, जसमा चालू खर्चको अंश निकै बढी छ भने पूँजीगत खर्च निकै निराशाजनक छ । यसले मुलुकमा विकास निर्माणको काम निकै सुस्त रहेको देखाउँछ । पूँजीगत खर्च आवको अन्त्यमा हतारले खर्च गर्ने र त्यसअघि विभिन्न बहाना बनाएर ज्यादै कम खर्च गर्ने गरिएको छ । आवको अन्त्यमा हतारमा खर्च गर्दा रकमान्तर गर्न पाउने तथा खर्च गर्दा प्रक्रिया मिचमाच गर्न पाइने भएकाले आर्थिक लाभ लिनकै लागि कर्मचारीले आवको अन्तिममा मात्रै खर्च गर्ने गरेको आरोप लगाइएको छ ।   मध्यावधि समीक्षाको तयारी भइरहेको अवस्थामा नै गैरबजेटरी माग, थप निकासा माग, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व कानूनको पालनामा बेवास्ता, कार्यक्रम संशोधनको दबाबजस्ता समस्या देखिएका छन् । सरकारले ठूलो आकारको बजेट बनाउने र मध्यावधि समीक्षामार्फत त्यसलाई प्राय: घटाउने गरेको पाइन्छ । बजेटमा पूँजीगत खर्चको आकारभन्दा चालू खर्चको आकार निकै ठूलो छ । थोरै बजेट छुट्याउँदा पनि पूँजीगत खर्च हुन सकेको देखिँदैन । जबसम्म सरकारी खर्चको यो बेथिति अन्त्य हुँदैन तबसम्म आर्थिक रूपान्तरण सम्भव देखिँदैन । बजेटको अर्ध वार्षिक समीक्षामा पनि यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार खर्च कटौती गर्ने कुराको पुनरावृत्ति हुने नै छ । तर, त्यस्तो टालटुले कुराले मात्र अहिलेको समस्या समाधान हुने देखिँदैन ।

सम्बन्धित सामग्री

संघ र प्रदेश सबैतिर कुशासन

समीक्षा अवधिमा विधिको शासन सूचकमा शून्य दशमलव ५४ बाट कुनै सुधार भएको नदेखिएको राष्ट्रिय योजना आयोगको मध्यावधि समीक्षा प्रतिवेदनमा उल्लेख छ।...

कुशासनको शासन

१५औं पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षा भन्छ-सुशासन मापनका अधिक सूचक कमजोर अवस्थामा रहेकाले लक्ष्य हासिल गर्न मुस्किल छ।...

ऋणको सावाँ ब्याज र रासायनिक मल महँगिदा थप ६७ अर्ब व्ययभार

२९ माघ, काठमाडौं । रासायनिक मलको मूल्यवृद्धि र सार्वजनिक ऋणको सावाँ ब्याजको भुक्तानी महँगिदा सरकारलाई एकैवर्ष ६७ अर्बको भार थपिएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिभिसभामा चालु आर्थिक वर्ष २०७९/८०को मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य महँगिंदा थप स्रोत सुनिश्चित गर्नु पर्ने अवस्था आएको […]

सरकारले आज बजेटको मध्यावधि समीक्षा गर्ने

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा आइतबार सार्वजनिक गर्ने भएको छ। अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षाको तयारी गरेको हो । आइतबार अपराह्न ५ बजे अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन मार्फत बजेटको मध्यावधि समीक्षा गर्नुहुने भएकाे हाे । ६ महिनासम्म संकलित राजस्वले बजेटले लक्ष्य गरेको राजस्व संकलन नहुने देखाएकाले सरकारले मध्यावधि समीक्षा मार्फत […]

पन्ध्रौँ योजना मध्यावधि समीक्षाः कमजोर उपलब्धि, दीर्घकालीन असर

पन्ध्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०७६/७७–२०८१/८२)को मध्यावधि समीक्षा सकिएको छ । हाल कार्यान्वयनमा रहेको आवधिक योजनाको मध्यावधि समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले अधिकांश क्षेत्रमा लक्षित उपलब्धि हासिल हुन नसकेको जनाएको छ ।

लक्ष्यभन्दा माथि पुग्यो नेपालीको प्रतिव्यक्ति आम्दानी

काठमाडौँ । राष्ट्रिय योजना आयोगले पन्ध्रौँ योजनाबाट लिइएको उच्च अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य भेट्टाउन नसकिएको जनाएको छ । आज मध्यावधि समीक्षा गर्दै कोभिड–१९ महामारीका कारणले आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन र त्यसको आसपास समेत पुग्न नसकिएको जानकारी

१५औँ आवधिक योजनाका लक्ष्य संशोधन हुँदै

पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षा : कोभिड, आन्तरिक राजनीति र रुस–युक्रेन युद्धको प्रभावका कारण आवधिक योजनाका थुप्रै लक्ष्य पूरा नहुने देखिएपछि संशोधन गर्ने तयारी नेपालको १५औँ पञ्चवर्षीय योजना (०७६/७७–०८०/८१) ले लिएका थुप्रै लक्ष्य...

मौद्रिक नीतिको मध्यावधि समीक्षा

नेपाल राष्ट्र बैंकले साेमबार मौद्रिकको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। गत वर्ष पत्रकार सम्मेलनगरी मौद्रिक नीतिको समीक्षा