काठमाडौँ – नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन माग गरेको छ। निर्वाचन आयोगले तयार पारेर छलफलका लागि अघि सारेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी आचारसंहिता लागू गर्दा मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा मात्रै कामय गर्न सुझाव दिएको हो। एमाले कार्यालय सचिव डा. भिष्मराज अधिकारीका अनुसार प्रस्तावित आचारसंहिता उपर एमालेले ३७ बुँदामा सुझाव दिएको छ। […]