भाजपा नेताले भने- एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना दिन आएका भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री पहिलोपटक देखेको बताएका छन् । नेपाली कांग्रेसलाई शुभकामना दिन सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालतिर इसारा गर्दै उनले आफूले कहिले पनि यस्तो नदेखेको बताए । त्यस्तै उनले एउटा पार्टीको […]

सम्बन्धित सामग्री

विषाक्त मदिरा सेवनबाट २४ जनाको मृत्यु भएपछि बिहार विधानसभामा हंगामा

भाजपा नेताले मृत्युका लागि मुख्यमन्त्री नितिशकुमारलाई जिम्मेवार भएको आरोप लगाएका छन्। उनले मृत्युको जिम्मा मुख्यमन्त्रीले लिनुपर्ने भन्दै सदनमा सरकारविरुद्ध नाराबाजी गर।

भारतीय कंग्रेसका नेताले मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेपछि हंगामा

पश्चिम बंगालका भारतीय राष्ट्रिय कंग्रेसका सांसद अधीर रञ्जन चौधरीले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूलाई ‘राष्ट्रपत्नी’ भनेर सम्बोधन गरेपछि विवाद उत्पन्न भएको छ । सत्तारुढ भाजपा नेताहरूले चौधरीको भनाइको चर्को विरोध गरिरहेका छन् । उनीहरुले कंग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले यस विषयमा माफी माग्नुपर्ने माग गरिरहेका छन् । सोनिया गान्धीलाई प्रवर्तन निदेशालय(इडी)ले गरिरहेको अनुसन्धानको विरोधमा कंग्रेस नेताहरूले विगत तीन दिनदेखि गरिरहेको विरोधका क्रममा बुधबार धर्नामा रहेका

सत्तारूढ दलका नेताले मुस्लिम धर्मगुरुबारे गरेको टिप्पणीले भारत समस्यामा

सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्तासहितका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदमाथि गरेको टिप्पणीलाई लिएर भारत सरकार र खाडी देशसँग कुटनीतिक विवाद बढेको छ ।   भाजपाका नेताले मुस्लिम धर्मगुरु मोहम्मदमाथि अपमान गरेको भन्दै मध्यपूर्वमा विरोध भएपछि सत्तारूढ भारतीय जनता पार्टीले पार्टी प्रवक्ता नुपूर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, यूएई, जोर्डन, अफगानिस्तान, ...

मोहम्मदबारे भाजपा नेताले गरेको टिप्पणी मोदीलाई महंगो साबित

सत्तारुढ दलका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लागेपछि भारत सरकार खाडी देशसँग कूटनीतिक विवादमा फसेको छ । उनीहरूको टिप्पणीलाई लिएर मध्यपूर्वमा विरोध भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको छ । इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, इरान, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप

उत्तर प्रदेश चुनावको मुखैमा कांग्रेसलाई धक्का, यी प्रभावशाली नेताले दिए राजीनामा

भारतको उत्तर प्रदेश राज्यमा हुन गइरहेको विधानसभा चुनावको मुखैमा भारतीय कांग्रेस पार्टीलाई धक्का लागेको छ । भारतीय कांग्रेसका प्रभावशाली नेता आरपीएन सिंहले पार्टीबाट राजीनामा दिएका छन् । सिंह मंगलवार दिउँसो भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने चर्चा भारतीय सञ्चारमाध्यममा छ । भाजपाले सिंहलाई स्वामी प्रसाद मौर्यविरुद्ध कुशीनगर क्षेत्रको पडरौना विधानसभा सीटबाट उम्मेदवार बनाउने तयारी गरेको छ । सिंहले आफ्नो ट्विटर ह्यान्डलबाट कांग्रेससँग सम्बन्धित पदको जानकारी हटाएका छन् । यससँगै उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई रा...

यूपीमा भाजपालाई झट्का : दुई दिनमा दुई मन्त्रीसहित ६ नेताले पार्टी छाडे

२९ पुस, काठमाडौं । भारत उत्तर प्रदेशको विधानसभा निर्वाचन नजिकिंदै गर्दा योगी आदित्यनाथ नेतृत्वको सरकारबाट दुई दिनको बीचमा दुई मन्त्रीले राजीनामा दिएका छन् । यसैगरी अन्य चार विधायकले भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् । बुधबारको दिन नेता दारा सिंह चौहानले मन्त्री पदबाट राजीनामा दिएका छन् । त्यसअघि मंगलबारको दिन मन्त्री स्वामी प्रसाद मौर्यले […]

कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आईका नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा छिमेकी देश भारतका मुख्य २ दलका प्रतिनिधिले सम्बोधन गर्ने भएका छन् । शुक्रवार हुने उद्घाटन समारोहमा सत्तारुढ भाजपा र विपक्षी कांग्रेस आईका प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू बिहीवार नै काठमाडौं आइपुग्दैछन् । अन्य देशका नेताहरू सहभागी नहुने भएका छन् । सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको कांग्रेसले अन्य देशका नेतालाई पनि आमन्त्रण गरेको थियो । महाधिवेशन उद्घाटन समारोहलाई कांग्रेसका पदाधिकारी र प्र...

एमाले महाधिवेशनमा आएका भाजपा नेताले प्रधानमन्त्री भेटे

काठमाडौं, मंसिर १० । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा हर्षवर्धन र हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई शुक्रबार बालुवाटार पुगेर भेटेका हुन् । उक्त अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसमेत सहभागी रहेका थिए। भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले […]

गोर्खाल्यान्डविरुद्ध भाजपा नेताले गरे विषवमन

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टीका नेता दिलीप घोषले मुख्यमन्त्री ममता बनर्जीको आलोचना गर्ने क्रममा गोर्खाल्यान्ड आन्दोलनप्रति विषवमन गरेका छन् ।    जंगलमहल क्षेत्रलाई बेग्लै राज्य बनाउनुपर्ने भनी भाजपाका नेता जोन बार्ला र सौमित्र खानले बयान दिएपछि बंग भंग गर्ने नीति भाजपाको नरहेको घोषले बताए ।  उल्टो ममता बनर्जी गोर्खाल्यान्ड आन्दोलनको एक हिस्सेदार रहेको भन्दै उनले आलोचना गरे ।  गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई ममताले आश्रय दिएको आरोप घोषले लगाए ।  ‘बंगाललाई कसले ...

केरलका मानिस शिक्षित भएकाले हाल्दैनन् भाजापालाई भोट : भाजपा नेता

भारतको केरल राज्यको विधानसभा निर्वाचन आउनै लागेको बेलामा भारतीय जनता पार्टीका एक नेताले विवादास्पद बयान दिएका छन् ।  केरल भाजपाका वरिष्ठ नेता तथा पार्टीका तर्फबाट एक मात्र विधायक ओ राजगोपालले राज्यमा साक्षरता दर अत्यधिक भएकाले भाजपा अघि बढ्न नसकेको बताए । उनका अनुसार, केरलाका मानिस मतदान गर्नुअघि सोच्छन् र तर्क गर्छन् । केरल विधानसभामा १४० विधायक छन् । अप्रिल ६ मा एक चरणको मतदान हुँदैछ ।  राज्यमा अहिले वामपन्थी दलहरूको नेतृत्वको एलडीएफ सत्तामा छ । कांग्रेस नेतृत्वको यूडीएफ प्रमुख विपक्षी गठबन्धन हो ।&nb...