कांग्रेस महाधिवेशनमा भाजपा र कांग्रेस आईका नेताले सम्बोधन गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा छिमेकी देश भारतका मुख्य २ दलका प्रतिनिधिले सम्बोधन गर्ने भएका छन् । शुक्रवार हुने उद्घाटन समारोहमा सत्तारुढ भाजपा र विपक्षी कांग्रेस आईका प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू बिहीवार नै काठमाडौं आइपुग्दैछन् । अन्य देशका नेताहरू सहभागी नहुने भएका छन् । सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको कांग्रेसले अन्य देशका नेतालाई पनि आमन्त्रण गरेको थियो । महाधिवेशन उद्घाटन समारोहलाई कांग्रेसका पदाधिकारी र प्र...

सम्बन्धित सामग्री

नेपालका राजनीतिक दलको जस्तो संस्कार दुनियाँमा कतै छैन- भाजपा नेता वर्द्धन

भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले नेपालको राजनीतिक पार्टीको जस्तो संस्कार दुनियाँमा कतै नभएको बताएका छन् । शुक्रवारबाट शुरू भएको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिक दलबाट अन्य देशले प्रेरणा लिनुपर्ने बताएका हुन् ।  ‘एउटा पार्टीको महाधिवेशनमा शुभकामना दिन सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ,’ उनले भने, ‘यो अन्य देशमा हुँदैन, एकदमै नौलो हो, अन्य देशका राजनीतिक पार्टीहरूले पनि प्रेरणा लिनुपर्छ ।’ यस्तै नेपाल–भारतको सम्ब...