तमानखोला : पहिले दुर्गम, अहिले सुगम

बागलुङ : तमानखोला गाउँपालिका-६ नर्जाखानीका मिनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनका ८ दशकमा उनले कैयौँ दुःख कष्ट भोगे। अझै पनि उनी हट्टाकट्टा छन्। झन् अहिले गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्ने बताउँछन्।‘अहिले गाउँमा मोटरगाडी आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन। यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानु पर्थ्यो। बिहान उठेर बजार गयो भने मध्यरातमा आइपुगिन्थ्यो,’ छन्त्यालले भने‚ &l

सम्बन्धित सामग्री

तमानखोला गाउँपालिकामा ४ महिनादेखि अवरुद्ध सडक खुल्यो

२४ असोज, ढोरपाटन । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पुर्‍याएका सडक वर्षा रोकिने बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका […]

पाँच वर्षदेखि बालविवाह न्यूनीकरण अभियानमा तमानखोला

ढोरपाटन– जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, […]

तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

गलकोट– बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  पालिका अध्यक्षमा जोकलाल बूढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा दुई हजार २१९ मत ल्याएर निर्वाचित भएका जोकलाल बूढा यसपटक दुई हजार ७०७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । […]

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका बुढा विजयी

बागलुङको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै बुढा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए । बुढाले दुई हजार सात सय सात मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले एक हजार नौ सय ९५ मत पाए । एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए ।उपाध्यक्षमा पनि काँग्रेसकै हिराकुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत

तमानखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् ।

'जित्नेमा ढुक्क छु, अबको कार्यकालमा समुन्नत तमानखोला बनाउँछु'

बागलुङ : यतिबेला देशभर चुनावी रौनक छ। वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा जित आफ्नो पोल्टामा पार्ने उम्मेदवारहरू चुनाव सभा तथा घरदैलो अभियानमा छन्।करेसाबारीदेखि खेतबारीसम्म पुगेर उम्मेदवारहरूले मतदातालाई रिझाउने गरी रहेका छन्। बागलुङमा पनि यो अभियान जारी नै छ।बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जोकलाल बुढा मगर पनि चुनावी अभियानमै छन्। उनले यसभन्दा अगाडि पाँच वर्ष तमानखोलाको नेतृत्व गरेर पुनः अध्यक्षका लागि उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उम्मेदवार

तमानखोला गाउँपालिकाले बनायो आफ्नै स्थानीय पाठ्यक्रम

बागलुङ । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ । ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई […]

लक्ष्य पछ्याउँदै तमानखोला पालिका

जिल्लाकै विकट पालिकाको रूपमा परिचित तमानखोला गाउँपालिकाले मध्य असारसम्म ९० प्रतिशत प्रगति गरेको छ । कोरोना संक्रमणको त्रासका बीच पालिकाले ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको हो । तमानखोलामा चालू आर्थिक वर्षमा साना तथा ठूला गरी ७३ आयोजना सञ्चालनमा थिए । आयोजनामध्ये ६ ठूला र ६७ वटा साना योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विकास […]

तमानखोला गाउँपालिकामा लक्ष्य अनुसार योजना सम्पन्न

बागलुङ, असार १५ । कोरोना कहरकाबिच बागलुङको पश्चिम तमानखोला गाउँपालिकाले ९० प्रतिशत योजना सम्पन्न गरेको छ । जिल्लाको सबैभन्दा विकट मानिने तमानखोलाले चालु आर्थिक वर्षको असार मध्यसम्म आइपुग्दा ९० प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका सूचना अधिकारी प्रभात लामिछानेले जानकारी दिनुभयो ।उहाँका अनुसार चालु आर्थिक वर्षमा तमानखोलामा साना ठूला गरि ७३ योजना थिए । […]