सामाजिक विकासमा केन्द्रित तमानखोला: बालगृह सञ्चालनदेखि एमबीबीएस पढाउनेसम्म निर्णय

जिल्लाको तमानखोला गाउँपालिकाले आफुलाई आर्थिक र सामाजिक विकासमा केन्द्रित गर्ने गर्ने निर्णय गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनपछि भएको पहिलो कार्यपालिका बैठकले गाउँपालिकाका भित्रको सामाजिक र आर्थिक क्षेत्रको विकासमा केन्द्रित हुनेगरी निर्णय गरे...

सम्बन्धित सामग्री

अनाथ बालबालिकाको सारथि बन्यो तमानखोला

बागलुङ : विकट गाउँ, त्यसमाथि आधारभूत आवश्यकताको कम पहुँच। यस्तो ठाउँमा पनि बालगृह सञ्चालनमा छ। तमान गाउँको बीचमा एउटा सानो घर छ। हरेक दिन त्यही घरका वरपर स-साना बालबालिका भेटिन्छन्। कोही पढ्दै, कोही दौडिँदै त कोही खेल्दै। उनीहरू गत असारदेखि यही घरमा बस्दै आएका छन्। केही समयअघिसम्म १६ जना थिए भने अहिले ३१ जना बालबालिका यही घरमा बस्दै आएका छन्।​ उनीहरूमध्ये धेरैका आमाबुबा छैनन्। आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरूको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ। तमानखोला गाउँपालिका–३...

दुर्गम गाउँमा बालगृह

बागलुङ : जिल्लाको सबैभन्दा दूरमा रहेको तमानखोला गाउँपालिकामा जनप्रतिनिधि आएपछि सुरुदेखिनै नयाँ र फरक किसिमका काम हुन थालेका छन्।अघिल्लो पटक बालविवाह न्यूनिकरणदेखि जंकफुडरहित विद्यालय बनाउने अभियान थालेको गाउँपालिकाले यसपटक पनि जनप्रतिनिधिको पदभार ग्रहणदेखिनै नयाँ कार्यक्रम घोषण गरि कार्यान्यनमा जुट्न थालेको हो।गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालब

अधिकांश बालगृह मापदण्ड विपरीत

काठमाडौँ थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्ने माइली लामाका पाँच छोराछोरीमा तीन जना छ वर्षदेखि बालगृहमा बस्दै आएका छन् । कमाउने श्रीमान् रोगी भएपछि लामाले छ महिना र दुई वर्षका दुई छोरा साथमा राखेर सात वर्षका दुई छोरी र एक छोरालाई राम्रो स्कुलमा पढाउने सर्तमा काठमाडौँको बालगृहमा बस्न पठाउनुभएको हो । तीन वर्ष पहिले छोराछोरी चाबहिलमा बस्दा भेट्न जानुभएकी लामा सञ्चालकले आफ्नै घर बनाएर जोरपाटी सारेपछि भने जानुभएको छैन । अचम्म त उहाँलाई छ वर्षदेखि छोराछोरी बस्ने बालगृहको नाम अहिलेसम्म थाहा छैन तर संस्था चलाउने दिदीको नम्बरमा सम्पर्क भने हुने गरेको छ । बालगृह (संस्था)मा आएपछि छोराछोरीले राम्रो अवसर पाएको भनाइ उहाँको छ । छोराछोरीले आमासँग आउने भने पनि ल्याउन नसकेको बताउँदै लामाले छोराछोरीले आमासँगै बस्न आउँछौँ, संस्थामा नबस्ने भन्छन्, यहाँ ल्याएर के गर्नु र ! उपाय नै छैन भन्नुभयो । लामा जस्तै धेरै बालबालिका भएका अभिभावकले गरिबीका कारण संस्थाको संरक्षणमा बालबालिका पठाउने गरेका छन् तर नेपालको कानुनले त्यसलाई दण्डनीय मानेको छ । त्यति मात्र होइन बाबुआमाको साथमा रहेका बालबालिकालाई छुटाएर बालगृहमा राख्ने व्यक्ति कानुनको दृष्टिमा कसुरदार मानिन्छन् । बाबुआमा वा परिवारका अन्य सदस्यको संरक्षकत्व गुमाएर अनाथ भएका बालबालिकालाई मात्रै कानुन अनुसार सञ्चालित बालगृहमा अस्थायी रूपमा मात्रै संरक्षण दिन सकिने व्यवस्था छ । संयुक्त राष्ट्रसङ्घीय बाल कोषको पछिल्लो अध्ययनमा नेपालका बालगृहमा ८५ प्रतिशत बालबालिका आमाबाबु, आमा वा बाबुमध्ये एक जना भएको उल्लेख छ । बाल अधिकारकर्मी तारक धितालले आमा वा बाबुको साथमा रहेका बालबालिकालाई विभिन्न प्रलोभन देखाएर जबर्जस्ती बालगृहमा राख्नु गैरकानुनी भएको बताउनुहुन्छ । कानुनले गरिबीकै कारण संस्थामा लामो समय राख्ने कुरा बाल अधिकार