तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका बुढा विजयी

बागलुङको तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै बुढा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए । बुढाले दुई हजार सात सय सात मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी पुनले एक हजार नौ सय ९५ मत पाए । एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए ।उपाध्यक्षमा पनि काँग्रेसकै हिराकुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत

सम्बन्धित सामग्री

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन। ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे। अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ।

चरनस्थलमै गएर गोठालाको उपचार

बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो। यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन्।...

जहाँका बालबालिकालाई विद्यालय पुग्न चार घन्टा पैदल हिंड्नुपर्छ

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल १० बजेदेखि सुरु हुने कक्षामा समयमै पुग्न बिहान ७ बजे नै विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्नुभएका छन्त्याल एक घन्टाको …

तमानलाई ‘मौलिक गाउँ’ बनाइँदै

बागलुङको तमानखोला गाउँपालिका-३ मा पर्ने यो गाउँ निकै रमणीय छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने मगर समुदायको बोलीचाली र सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ।...

‘अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन’

तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ। दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौंदेखिको दुःख भुलाएको छ।...

एउटा यस्तो गाउँ जहाँ चारैतिर तामाखानी छ

बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानी गाउँमाको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर …

गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुईजना पक्राउ

बागलुङ : तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। तमानखोला गाउँपालिका १ का २९ वर्षीय महेन्द्र थापा र २८ वर्षीय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो। राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अवरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।तमानखोला गाउँपालिका १ मा रहेको बुद्ध आधारभूत विद्यालयको भवन निर्माणको विषयलाई लिएर उनीहरुले यही जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुनकुमार यादवलाई गालिगलौज गर्दै हातपात गरेका थि

तमानखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस निर्वाचित

बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् ।

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा विजयी

आईतबार सकिएको मतगणना अनुसार ७१२ मतान्तरले माओवादी केन्द्रका देवबहादुर पुनलाई पछि पार्दै बुढा दोस्रो कार्याकालका लागि अध्यक्षमा विजयी भएका हुन्।...

यति आकर्षक छ तमान गाउँ

बागलुङको तमानखोला गाउँपालिका-३ स्थित तमान गाउँ । तस्वीरः रामबहादुर थापा, रासस