माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्नेलाई तेस्रो मात्रा खोप : स्वास्थ्य मन्त्रालय

 पुस २४, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।            मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए।            उनले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने थालेको बताए। नेपालमा अहिले कुल परीक्षण गराएकामध्ये कोभिड–१९ सङ्क्रमण ८ दशमलव ४९ प्रतिशतमा देखिएको छ । शुक्रवार मात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा सङ्क्रमण देखिएको थियो ।            कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । शुक्रवार २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो ।            मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान द्र्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।            यस्तै, मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपङ्क्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइनेछ ।            यस्तै, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महीना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने बताएको छ । अहिले सरकारसँग १ करोड २ लाख मात्रा खोप रहेको छ ।            स्वास्थ्य सचिव डा पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमा नाकामा एन्टीजेन परीक्षण बढाइएको समेत बताए। रासस

सम्बन्धित सामग्री

मृत्यु हुने ७५ प्रतिशतले खोप नलगाएका : स्वास्थ्य मन्त्रालय

मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी दिएको छ ।मन्त्रालयले खोप लगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ ।नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भइसकेको छ । अहि

निर्वाचन केन्द्रमा खोप अभियान हुँदैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ। केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान […]

कोरोनाबिरुद्धको खोप अभियान सफल : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोनाविरुद्धको खोप अभियान सफल भएको बताएको छ । ०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको मन्त्रालयका सह प्र्रवक्ता डा....

खोप लगाउनेको संख्या कम भयो, त्यसैले खोप कार्ड लागू गरियो : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै नागरिकको पहुँचमा कोरोना भाइरस विरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड लागू गर्ने नीति लिनु परेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोरोना भाइरसविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु…

खोप लगाउन नागरिकता वा अन्य कागजपत्र देखाउन पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकता वा अन्य सरकारी कागजपत्र नचाहिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले खोप लगाउन कोही नागरिक नछुटून भनेर बिना कुनै कागजपत्र पनि खोप लगाउन सकिने बताइन्। तर, यसरी खोप लगाउने व्यक्तिलाई सम्बन्धित वडा अध्यक्षले भने पहिचान…

खोप अवैधरूपमा बेचबिखन गरिए कारबाही : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने बताए।

फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको छः स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित फाईजर खोप खरिद सम्बन्धि समाचार प्रति गम्भिर ध्यानाकर्षण गराएको छ । विश्व बैंकको ऋण सहयोगमा फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले जानकारी दिएको हो । खोप सम्बन्धि फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार […]

बालबालिकाको नियमित खोप नछुटाऔँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको छ । १५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ ।जन्मने वित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा र

भारतबाट ५० लाख डोज खोप तत्काल नेपाल आउदैँन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेरम  इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खरिद गरिएको १० लाख डोज खोप  दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।नेपाल सरकारले भारतबाट ५० लाख जोड कोभिशिल्ड खोप खरिद गर्ने भनेपनि अब त्यो खोप आउने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।  खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा

कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ। मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए। भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ,…