खोप लगाउन नागरिकता वा अन्य कागजपत्र देखाउन पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकता वा अन्य सरकारी कागजपत्र नचाहिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले खोप लगाउन कोही नागरिक नछुटून भनेर बिना कुनै कागजपत्र पनि खोप लगाउन सकिने बताइन्। तर, यसरी खोप लगाउने व्यक्तिलाई सम्बन्धित वडा अध्यक्षले भने पहिचान…

सम्बन्धित सामग्री

मृत्यु हुने ७५ प्रतिशतले खोप नलगाएका : स्वास्थ्य मन्त्रालय

मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी दिएको छ ।मन्त्रालयले खोप लगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ ।नेपालमा हालसम्म ११ हजार ९७४ जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भइसकेको छ । अहि

निर्वाचन केन्द्रमा खोप अभियान हुँदैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ। केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान […]

कोरोनाबिरुद्धको खोप अभियान सफल : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोनाविरुद्धको खोप अभियान सफल भएको बताएको छ । ०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबैलाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको मन्त्रालयका सह प्र्रवक्ता डा....

खोप लगाउनेको संख्या कम भयो, त्यसैले खोप कार्ड लागू गरियो : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै नागरिकको पहुँचमा कोरोना भाइरस विरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड लागू गर्ने नीति लिनु परेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोरोना भाइरसविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु…

खोप अवैधरूपमा बेचबिखन गरिए कारबाही : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने बताए।

फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको छः स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अनलाइन र पत्रपत्रिकामा प्रकाशित फाईजर खोप खरिद सम्बन्धि समाचार प्रति गम्भिर ध्यानाकर्षण गराएको छ । विश्व बैंकको ऋण सहयोगमा फाईजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडी बढिरहेको बिहीबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले जानकारी दिएको हो । खोप सम्बन्धि फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार […]

बालबालिकाको नियमित खोप नछुटाऔँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड-१९) जोखिमका नाममा बालबालिकालाई दिइने नियमित खोपहरू नछुटाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै महामारीका बेलामा पनि बालबालिकाको नियमित खोप सुचारु भइरहेकाले खोप तालिकाअनुसार सबै खोपको मात्रा नछुटाई पूरा गराउन आह्वान गरेको छ । १५ महिना मुनिका बालबालिकालाई विभिन्न रोग विरुद्धका खोप अनिवार्य रुपमा लगाउनुपर्छ ।जन्मने वित्तिकै बिसिजी, जन्मेको ६ हप्तामा रोटा पोलियो एफ.आई.पि.भी., पि.सि.भी., डि.पि.टी., हेप बी.हिब, यस्तै १० हप्तामा र

भारतबाट ५० लाख डोज खोप तत्काल नेपाल आउदैँन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेरम  इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खरिद गरिएको १० लाख डोज खोप  दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।नेपाल सरकारले भारतबाट ५० लाख जोड कोभिशिल्ड खोप खरिद गर्ने भनेपनि अब त्यो खोप आउने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।  खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी : इजरायली स्वास्थ्य मन्त्रालय

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तीव्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ । खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५।८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ । साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ । इजरायलले बजारमूल्यभन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ । (रासस–एएफपी)

कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ। मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए। भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ,…