विराटनगर : मोरङको रंगेलीमा आफ्नै स्कुलको बसले ठक्कर दिँदा घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।मोरङको रङ्गेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा बोर्डिङको एलकेजीमा अध्ययनरत ६ वर्षीया सुनमकुमारी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।‘को १ क ११३० नम्बरको बसले गत मङ्गलबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।