सामाजिक सञ्जाल फेसबूकले नाम परिवर्तन गर्न सक्ने खबर द भर्ज पत्रिकाले दिएको छ ।
यसको याप र सर्भिसमा कुनै परिवर्तन नआउने तर कम्पनीको ब्रान्डनेम चाहिँ बदलिन सक्ने बताइएको छ ।
अहिले फेसबूकले विभिन्न अनैतिक कामहरू गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यस्तो स्थितिमा कम्पनीले नाम बदल्ने सोच बनाएको देखिन्छ ।
कम्पनीका प्रवक्ताले बजारमा चलेका हल्लामा कुनै प्रतिक्रिया नजनाउने बताएका छन् ।
विगतमा कम्पनीहरूले सेवा विस्तार गर्नका लागि नाम परिवर्तन गर्ने वा रिब्रान्ड गर्ने गरेका थिए । तर अहिले फेसबूकले विव...