बैतडी : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकामध्ये १५ जनाको धरौटी जफत भएको छ। प्रतिनिधिसभाका नौ र प्रदेश सभाका छ उम्मेदवार गरि १५ जनाको धरौटी जफत भएको हो। कुल सदर मतको १० प्रतिशत मत पनि नल्याए धरौटी जफत हुने प्रावधान अनुसार १५ उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालले बताए।धरौटी जफत हुनेहरूमा प्रतिनिधि सभातर्फ राप्रपाका देवबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, राप्रपा नेपालका